प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, तपाईंहरूले चिन्नुभएकै छैन : देउवा

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन आवश्यक छ। अहिलेको परिस्थितिमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन। तपाईंहरूले चिन्नुभएको छैन। उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो। सबैलाई थाहा छ नि। रेनुजीको कत्रो विरोध भयो।

सम्बन्धित सामग्री

महाधिवेशन माओवादीको, वहस एमसिसिको : देउवा, प्रचण्ड र पोखरेलले के भने ?

राजधानीमा आइतवार सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे दलका नेताहरूबीच बहस भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता राष्ट्रघाती नभएको भन्दै बचाउ गरे भने केही कम्युनिस्ट दलका नेताहरूले एमसीसी खारेज गरिनुपर्ने धारणा अघि सारे।'राष्ट्रघाती भन्ने पढेको छ कि छैन, त्यो पनि थाहा छैन मलाई त। पहिले पढ्नुपर्‍यो। एससीसी कहाँ छ राष्ट्रघाती? मैले हेर्दा कहीँ राष्ट्रघात देख्या छैन,' देउवाले भने।'म पनि नेपालको प्रधानमन्त्री हुँ। राष्ट्रको खिलाफमा जाउँला म? म पनि प्रजातन्त्रको लागि, राष्ट्रको लागि लडेको मान्छे हो, मैले राष्ट्रघाती सन्धि गरुँला?'प्रचण्ड र अन्य नेताहरूसँग आफ्नो छलफल भइरहेको भन्दै देउवाले एमसीसीबारे राम्रोसँग बुझ्न माओवादी अधिवेशनका सहभागीहरूलाई आग्रह गरे।एमसीसी अनुदान 'सित्तैमा आएको पैसा' भएको भन्दै देउवाले विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्कसँग लिने ऋणमा पनि अन्तर्राष्ट्रिय कानुन लागु हुने बताए।फरक प्रसङ्गमा देउवाले आगामी निर्वाचनसम्म माओवादीसँगको गठबन्धन जान सक्ने सङ्केत गरे।'अझ म त के चाहन्छु भने अगाडि पनि गठबन्धन जाओस्... यो कसैको खिलाफको गठबन्धन होइन। ओलीजीहरूलाई नलागोस् कि यो उहाँहरूको खिलाफको गठबन्धन हो। आफूहरू त मिल्न पाइन्छ नि,' देउवाले भने।प्रचण्डले एमसीसीबारे के भने?उद्घाटन सत्रको अन्त्यमा सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे प्रधानमन्त्रीको भनाइलाई 'आफ्नो विचार' भने।'उहाँले आफ्नो विचार भन्नुभयो, त्यो स्वतन्त्रता उहाँलाई छ,' प्रधानमन्त्री देउवाको प्रशंसामा केही समय खर्चिएका प्रचण्डले दलहरूबीच सहमति नभई एमसीसी अघि नबढ्ने सङ्केत गरे।'हामी छलफल गर्दैछौँ। छलफल गरेर हामी समझदारी बनाउँछौँ पनि भन्नुभयो। त्यो पनि ठूलो कुरा भन्नुभयो।'अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजाने माओवादीको पनि चाहना भएको प्रचण्डको भनाइ थियो।'उहाँले सजिलै गठबन्धन चाहिँ कुनै हालतमा परैसम्म चुनाव पछिसम्म पनि लैजाने भन्दिनुभयो। तपाईँ हामीले सुन्न चाहेको कुरा त्यही थियो उहाँको मुखबाट,' प्रचण्डले भने।'हामी सबैलाई चाहिएकै त्यही हो।'नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे नबोले पनि राष्ट्रिय मुद्दामा जनताको सुझावका आधारमा दलहरू अघि बढ्नुपर्ने बताए।छेवैमा रहेका प्रधानमन्त्रीलाई उनले गठबन्धन, राजनीतिक दल र जनताको सुझावका आधारमा अघि बढ्न आग्रह गरे।'देशले समृद्धि हासिल गर्न सकेन र विकासले तीव्रता प्राप्त गर्न सकेन भने हामी पछि पर्छौँ,' पूर्वप्रधानमन्त्री नेपालले भने।'मूल कुरामा सहमति भए बाँकी कुरा थाती राखेर जान पनि सकिन्छ।'एमाले महासचिवले के भने?संसद्को प्रमुख प्रतिपक्ष नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियता, स्वाधीनता र परराष्ट्र नीतिमा नेपालका दलहरू एक ठाउँमा उभिन नसके देश नियन्त्रित अस्थिरताको सिकार हुनसक्ने खतरा औँल्याए।'पूर्वाधार विकासका मामलामा हामी एक ठाउँमा उभिन सक्छौँ। बलियो पूर्वाधारले कम्युनिजम ल्याउन अवरोध खडा गर्दैन हामी पूर्वाधार विकासका योजनामा किन विमति राख्ने?' एमसीसी सम्झौताप्रति सङ्केत गर्दै पोखरेलले भने।उनले नेकपाको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो भएको बताए।'हामीले एकताका लागि गरेका प्रयासहरू इमानदार प्रयास थिए। नेकपा गठन कुनै गलत कुरा थिएन। त्यो ऐतिहासिक आवश्यकता थियो,' पोखरेलले भने।अन्य नेताहरूले के भने?जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर मात्रै नयाँ समाजको निर्माण गर्न सकिने भन्दै त्यसतर्फ अघि बढ्न माओवादीलाई शुभकामना दिए।लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले सङ्घीयता र समावेशिताको एजेन्डालाई उचित तरिकाले सम्बोधन गराउन माओवादी महाधिवेशन सफल हुने अपेक्षा आफ्नो दलले लिएको बताए।राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी अनुदान सम्झौता एमसीसी खारेज गर्न माओवादी महाधिवेशनले निर्णय लिनुपर्ने बताइन्।नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी सम्झौता खारेज र गुमेका नेपाली भूमि फिर्ता लिने पहल माओवादी अधिवेशनले अघि बढाए आफ्नो दलसँग पार्टी एकीकरणको बाटो खुल्ने बताए।नेकपा मालेका महासचिव सीपी मैनालीले राजनीतिक आन्दोलनबाट आएको माओवादीले जनताका असन्तोष सम्बोधन गर्नुपर्ने बताए।राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाहीले विचार र वाद फरक भए पनि राष्ट्र निर्माणमा सबै दलहरू एकै ठाउँमा जुट्नुपर्ने बताइन्।माओवादीको आठौँ महाधिवेशनमा पार्टीको नेतृत्व, विधान र वैचारिक कार्यनीतिबारे छलफल र निर्णय हुने बताइएको छ।पार्टीको गठनबाटै अध्यक्ष रहेका प्रचण्डले यो महाधिवेशनपछि पनि पार्टी अध्यक्षमा निरन्तरता पाउने नेताहरूले बताएका छन्।महाधिवेशनले पदाधिकारीको सङ्ख्या बढाएर १५ पुर्‍याउने केन्द्रीय समितिको निर्णय अनुमोदन गर्ने ठानिएको छ। माओवादी पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ सहित ७ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ। -बिबिसीबाट साभार

हारेको फुटबल टिमजस्तो कांग्रेस #NepalVotes #NepalElection2017

नेपाली कांग्रेस यतिबेला फुटबलमा हारेको टीम जस्तो भएको छ। किपर भन्छ, स्ट्राइकरले गोल गर्न सकेन। स्ट्राइर भन्छ, डिफेन्सले राम्रो खेलेन। डिफेन्स भन्छ, अगाडि देखेको बल समेत किपरले रोक्न सकेन। यहाँ किपरले स्ट्राइकरलाई, स्ट्राइकरले मिडफिल्डलाई र मिडफिल्डले डिफेन्सलाई दोष दिइरहेको छ। तर अहिलेको हारपछि कोही पनि जिम्मेवारीबाट भाग्ने कुरा गलत हुन्छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नेपाली कांग्रेसको पराजयको पछाडि भिन्नभिन्न चार वटा पाटो छन्। दुई पाटा कांग्रेससँग सम्बन्धित छ। दुई पाटा गठबन्धनसँग सम्बन्धित छन्। पहिला खेलाडीको रूपमा रहेको कांग्रेसकै पाटो केलाअौं। नेपाली कांग्रेसले आफूले गरेको काम निर्वाचनमा बिकाउन सकेन। हामीले सकेनौँ। हामीले शान्ति स्थापनामा नायकत्व दियौँ। यो निर्वाचन शान्ति प्रक्रिया पूरा भएपछिको राष्ट्रिय निर्वाचन हो। तर पनि हामीले त्यो कुरा स्थापित गर्न सकेनौँ। यो संविधान निर्माणपछिको चुनाव हो। विगतमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई चार वाम नेता प्रधानमन्त्री बने। तर कसैको नेतृत्वमा संविधान बन्न सकेन। अन्तत: कांग्रेसको नेतृत्वमा संविधान बन्यो। हाम्रो नायकत्वमा र अरुको सहभागितामा संविधान बन्यो। हामीले संविधानसँगै सबैलाई लिएर जाने सामर्थ्य राख्यौँ। तर त्यो कुरा पनि बिकाउन सकेनौँ। मधेसमा संविधान बनेपछि टायर बले। सयभन्दा बढी मान्छे मरे। तर त्यही हिंसाबाट ग्रसित, द्वन्द्वको मारमा रहेको मधेसलाई पनि सान्तवना दिएर, विश्वासमा लिएर एउटा गोली चल्न नदिइ स्थानीय निर्वाचन सम्पन्न भयो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै त्यो चुनाव सम्पन्न गर्यो। अहिले प्रतिनिधि सभा निर्वाचनमा पनि मधेसलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने योग्यता कांग्रेसले राख्यो। यति गर्दा समेत हामीले यो कुरा जनतालाई बुझाउन अझ भनौँ जनतामा बिकाउन सकेनौँ। हिंसा र अस्थिरताको बीचमा प्रगतिका काम पनि भएका छन् त्यो पनि 'सेल' गर्न सकेनौँ। हामीले ठुलो स्वरमा आत्मविश्वासका साथ त्यो कुरा गर्नुपर्थ्यो। तर सकेनौँ। त्यसले स्वभाविक रूपमा कांग्रेस मत पाउनुपर्ने अवस्थाबाट चुक्यो। दोस्रो कांग्रेसले अपनाएको रणनीति हेरौँ। हामी सुरुआतदेखि नै रक्षात्मक भयौँ। आफूले गरेको राम्रो कुरा राख्न नसकिराखेको बेला कांग्रेसका नराम्रा कुराहरूमा 'डिफेन्सिभ' बन्यौँ। चाहे लोकमान प्रकरण होस् वा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रकरण होस्, कांग्रेस रक्षात्मक भयो। अब हामीले आफ्ना विषय सेल गर्न नसक्नु र रक्षात्मक बन्नुको कारण के हो त? हो यो केलानु पर्ने हुन्छ। कांग्रेसको संगठनात्मक शैली परम्परागत भयो। परम्परागत शैलीलाई अन्त्य गर्न नसक्दा प्रतिरक्षात्मक हुन्छौँ। कांग्रेसको ६५ वर्षदेखिको चलिआएको संगठनात्मक ढाँचा र शैलीबाट चलिआएको छ। अब त्यसलाई बदल्नु पर्नेछ। अब अर्कोतर्फ हामी विपक्षी टोलीलाई हेरौं। अब वाम गठबन्धनको साइडमा हेरौँ। स्वभाविक थियो स्थानीय निर्वाचनको पहिलो ठूलो दल र तेश्रो ठूलो दलबीच एकता हुँदा गणितीय रूपमा उनीहरु बलियो अवस्थामा थिए। खेलको रणनीति त्यसअनुसार कांग्रेसले तय गर्नुपर्थ्यो। तर त्यस्तो भएन। हामीले एमाले र माओवादीको अन्तरविरोधमा प्रहार गर्न सकेनौँ। मधेसको मुद्दा सम्बोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव 'राष्ट्रघाती' भएको एमालेको भनाइ थियो। राष्ट्रघाती प्रस्ताव भन्ने एमालेसँगै संशोधन राष्ट्रघाती होइन भन्ने माओवादीसँगै उभियो। उसले संशोधनलाई जटिलता हल गर्न आवश्यक प्रस्ताव भनेको थियो। हो, यहाँनेर हामी प्रहार गर्न चुक्यौँ। उनीहरुलाई मधेसको मुद्दा छाडेको हो कि राखेको हो? एमालेले मधेस र जनजाती मुद्दालाई बोकेको हो कि छाडेको हो ? यस्ता अस्पष्टतामा प्रहार गर्न सकेनौँ। झापाको मेरै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको मत मेरो भन्दा १७ हजार ५ सय जति बढी थियो। त्यसमा राप्रपा थपिँदा १८ हजार जति भोट बढी भयो। जबकी म सानो मतान्तरले पराजित भएँ। मैले विपक्षीको मत पनि पाएको हो। तर दुई पार्टीको स्वभाविक गणितको फाइदा वाम गठबन्धनलाई भयो। जसले मेरो निर्वाचन परिणाममा असर गर्‍यो। मेरो मात्र होइन त्यसले राष्ट्रव्यापी असर गर्‍यो। यतिबेला हामीले खेल हारिसकेका छौं। अब नेपाली कांग्रेसलाई पुनर्संरचना गर्न आवश्यक छ। यो टिमलाई पुर्नसंरचना गर्न आवश्यक छ। यतिबेला त नेपाली कांग्रेस नेतृत्वको गाडी दुर्घटनामा परेको छ। गाडी भीरबाट झरेको छ। गाडी दुर्घटनामा पर्दै गर्दा नेतृत्वको दोष स्वभाविक हुन्छ। भिरबाट झरेको गाडीको ड्राइभर बदल्नेकुरा जरुरी पनि होला। तर अहिले ड्राइभर बदल्नुले मात्र समस्याको समाधान गर्दैन। अहिले कांग्रेसमा गम्भीर आत्मसमीक्षा जरुरी छ। हामी कांग्रेसमा 'मेजर अपरेसन' गर्ने मनोविज्ञान बनाउँदै छौँ। त्यो अप्रेसनले समग्रतामा समाधान खोज्ने बाटो बन्छ भन्ने मलाई…