‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी ‘मालदार परियोजना’को ‘प्रोजेक्ट म्यानेजर’ भएर अर्बौ रुपैयाँ कमाएर त्यो मध्येबाट करोडौँ खर्च गरेर महानिर्देशक भएको खुल्दै आउन थालेको छ ।छोटो समयमै क्यान अन्तर्गतका परियोजनाको आयोजना प्रमुख बनेर उनले अर्बौ रुपैयाँ कमाएका थिए । यतिसम्म कि, उनले परियोजनाको कन्सल्टेन्ट कम्पनीसमेत आफैँले चलाएका छन् । यद्यपी, दर्ता अर्कैको नाममा छ ।११औँ तहलाई पन्छाएर ८औँ तहलाई आयोजना प्रमुखचितवनको चैनपूर घर भएका अधिकारी आर्थिक वर्ष २०६४/०६५ बाट सिभिल इन्जिनियरको रुपमा प्राधिकरण प्रवेश गरेका थिए । ७औँ तहबाट क्यानमा प्रवेश गरेका उनी अहिले ११औँ तहमा छन् । सँगै, प्रवेश गरेकाहरु ९औँ तहमै सिमित छन् ।प्रदीप अधिकारी क्यानमा प्रवेश गर्दा त्यतिबेला सिभिल चिफ थिए सुमन श्रेष्ठ । अधिकारी विस्तारै सुमनको प्यारो हुँदै गए । ठिक त्यसै समयमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम सुरु भयो । उक्त विमानस्थलको ‘प्रोजेक्ट म्यानेजर’ बन्ने चाहना प्रदीपले देखाए । उनी त्यतिबेला १ तह बढुवा भएर ८औँ तहमा पुगेका थिए ।तर, त्यतिबेलाका क्यानका महानिर्देशक रतिशचन्द्र लाल सुमनले इन्जिनियर बाबुराम पौडेललाई पोखरा अन्तराष्ट्रिय विमानस्थल परियोजनाको आयोजना प्रमुख बनाउन खोजे । सँगै, त्यतिबेला पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख रहेका प्रतापबाबु तिवारीले पनि आयोजना प्रमुख बन्न लविङ गरेका थिए । तर, प्रदीपले भित्रभित्रै महानिर्देशक रतिशचन्द्र लाल सुमनलाई प्रभावमा पारेर पोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख बनि छाडे । सामान्यतया, आयोजना प्रमुखको दरबन्दी ११औँ तहको हुन्छ । तर, त्यतिबेला सबैभन्दा जुनियर (८औँ तह)लाई आयोजना प्रमुख बनाईयो ।त्यसपछि नदी नियन्त्रण र जग्गा अधिग्रहण लगायतबाट प्रदीपले मोटो रकम हिनामिना गरेको आरोप लाग्यो । तर, त्यतिबेला ७ करोड रुपैयाँको नदी नियन्त्रणको काममा भने उनी असफल भएका थिए ।फास्ट ट्रयाकबाट यसरी कमाएका थिए अधिकारीले अर्बौ सम्पत्तिपोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख भएपछि उनले ‘मालदार परियोजना’को आयोजना प्रमुख अरु कसैलाई बन्न नदिने कसरत थाले । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम सुरु भएको थियो भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने चरणमा थियो । यी दूबै परियोजनाको प्रमुख बन्ने कसरत उनले गर्न थाले । त्यतिबेला के सहज थियो भने, उनी ११औँ तहमा पुगिसकेका थिए ।परियोजन नै पिच्छे फरक फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा उनले सन्जिव गौतम महानिर्देशक भएपछि उनलाईसमेत प्रभावमा पारेर ३ वटै अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख आफू बने । त्यतिबेलाका महानिर्देशक गौतमले तीनकुने (गैह्री गाउँ)स्थित कार्गो विल्डिङमा प्रदीपका लागि कार्यालय राखिदिए । त्यहाँबाट उनले ‘कोअर्डिनेटर’को काम गर्ने र फिल्डमा इन्चार्ज भनेर आफ्ना मान्छे पठाउने काम गर्न थाले ।यसअघिः‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कोतिर कार्यालयको सिभिल चिफ बनेर उनले गर्नुसम्मको घोटला गरे ।यस सम्बन्धमा सम्पत्ति शुद्धीकरणदेखि अख्तियारमा सम्म उनीविरुद्द उजुरीका चाङ छन् ।राजनीतिक कनेक्सनमहानिर्देशक अधिकारी ‘नाता’ गाँसेर राजनीतिक नेतृत्वसँग ‘सम्बन्ध’ बनाउन खप्पिस छन् । निवर्तमान पर्यटनमन्त्री प्रेम आलेलाई सबै कर्मचारीले ‘मन्त्री ज्यू’ भनेर सम्बोधन गर्दा उनी ‘दाइ’ भन्थे ।अधिकारीले आलेसँग मात्रै होईन, यसअघिका ३ जना पर्यटन मन्त्रीसँग पनि यस्तै खालको सम्बन्ध बनाएर ‘प्यारो’ बन्दै मालदार परियोजनाहरु आफ्नो ‘कमाण्ड’मा राख्ने गर्थे । स्वर्गीय रवीन्द्र अधिकारी, त्यसपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराई र भानुभक्त ढकालदेखि पछिल्लो समय प्रेम आले र हालका पर्यटमन्त्री जीवनराम श्रेष्ठ सम्मलाई उनले ‘आफ्नो’ बनाईसकेका छन् ।यतिसम्म की, खुमलटार (प्रचण्ड), बालुवाटार (प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु), कोटेश्वर (माधब नेपाल), तत्कालिन पर्यटनमन्त्री प्रेम आले र पर्यटन सचिव महेश्वर न्यौपाने (साउन १६ गते रिटायर्ड भएका)लाई गरी २० करोड रुपैयाँ भेटि चढाएर प्रदीप अधिकारी महानिर्देशक बनेको चर्चा त्यतिबेला नै चलेको थियो । हालसम्म पनि क्यान भित्र र बाहिर यो चर्चा सेलाएको छैन ।