बन्यो प्रदेश प्रहरी सेवा कानुन

लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ। प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो। नेपालको संविधानको धारा २६८ को उपधारा २ बमोजिम संविधानको अनुसूची ६ मा उल्लेख गरिएको प्रदेशको अधिकारअन्तर्गत क्रम सङ्ख्या १ मा व्यवस्था भएबमोजिम प्रदेशमा प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारले प्रदेश प्रहरी कानुन बनाएको हो।

सम्बन्धित सामग्री

प्रहरी सेवा लिन शुल्क तिर्नुपर्दैन : डिआइजी टेकप्रसाद राई

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताएका छन् । हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायव महानिरीक्षक (डीआईजी)  राईले प्रहरीमा निवेदनका लागि पीडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएकोले जो कोही पनि प्रहरीको सेवा लिन […]

सुदूरपश्चिम प्रदेश प्रहरी ऐन पारित

प्रमुख जिल्ला अधिकारीलाई परिचालन तथा सशस्त्र प्रहरी सेवा उपसमूह गठनको प्रावधानसहित सुदूरपश्चिम प्रदेशसभाले प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बिहीबार पारित गरेको छ ।

लुम्बिनीमा बन्यो प्रहरी ऐन, खस-आर्यलाई समेत आरक्षण

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक (एआईजी) ले गर्ने गरी ऐन बनाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले संसद‍्मा पेस गरेको प्रदेश प्रहरी सेवा सम्बन्धमा बनेको विधेयकले एआईजीको कमान्ड रहने गरी प्रहरीको श्रेणी कायम गर्ने उल्लेख छ ।  मन्त्रालयले वैशाख १६ गते प्रदेशसभामा पेस गरेको विधेयकमा...

गण्डकी प्रदेश सरकारले गर्‍यो प्रहरीलाई सवारीसाधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूका लागि सवारीसाधन हस्तान्तरण गरेको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक ४ टाटा पीकअप भ्यान र १ थान बस बिहीवार प्रदान गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गरे । सरकारले उपलब्ध गराएको सवारीसाधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रम...

प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

हेटौंडा । वाग्मती प्रदेशसभाको आइतबार अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न

सिडिओलाई मन्त्रीले आदेश दिन सक्ने, प्रदेश प्रहरीको छुट्टै लोगो

हेटौंडा :  बागमती प्रदेशसभाले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार पारित भएको छ। विधेयक सर्वसम्मत पारित भएको हो।  आइतबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला मन्त्री शालिकराम जम्कटेलले प्रदेश मामिला समितिको प्रतिवेदनसहितको प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए। विधेयक पा...

प्रदेश प्रहरी विधेयक पारित, बागमतीमा प्रदेश प्रहरी स्थापनाको बाटो खुल्यो

बागमती प्रदेश सभाले प्रदेश प्रहरी सेवा विधेयक पारित गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई महिनाअघि

प्रदेश प्रहरी ऐन धमाधम

प्रदेश ३ सरकार प्रदेश प्रहरी ऐन ल्याउन अन्तिम तयारीमा जुटेको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी छलफललाई समेत तीव्रता दिएको छ ।

प्रहरी ऐनले संघ र प्रदेश २ द्वन्द्व

काठमाडौं : प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी सेवा ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको छ। प्रदेशको रवैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ। संघ सरकारका अधिकारीले संघीय ऐन नबनेसम्म प्रदेश प्रहरी एने कार्यान्वयनमा आउने नसक्ने बताएका छन्। सार्वभौम प्रदेशसभाले पारित गरेको...