गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूका लागि सवारीसाधन हस्तान्तरण गरेको छ ।
सरकारले प्रहरीका लागि अत्यावश्यक ४ टाटा पीकअप भ्यान र १ थान बस बिहीवार प्रदान गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गरे ।
सरकारले उपलब्ध गराएको सवारीसाधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रम...