विगतको तुलनामा आलु र प्याजको उत्पादन बढ्ने अनुमान

काठमाडौं । सरकारले यस वर्ष आलु र प्याजको उत्पादन बढ्ने अनुमान गरेको छ । देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको र विगतका वर्षमा भन्दा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय कृषिमा भित्रिएको आधुनिक प्रविधिसँगै कृषि पेशा अँगाल्ने र व्यावसायिक खेती गर्ने क्रम बढेकाले उत्पादन बढेको अनुमान गरिएको हो । गत आवको तुलनामा यस वर्ष आलु र प्याज खेती गरिएको क्षेत्रफल, उत्पादकत्व र उत्पादन बढेको पाइएको छ । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा गत आवको भन्दा २ लाख ८१ हजार २ सय ८९ मेट्रिकटन आलु धेरै फल्ने अनुमान गरिएको छ । गत आवमा १ लाख ९३ हजार ९ सय ९६ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३१ लाख १२ हजार ९ सय ४६ मेट्रिकटन आलु उत्पादन भएको थियो । चालू आवमा २ लाख ९९ हजार ४१ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३३ लाख ९४ हजार २ सय ३६ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको केन्द्रले बताएको छ । त्यसैगरी उत्पादकत्व समेत बढेर प्रतिहेक्टर १६ दशमलव ०५ बाट १६ दशमलव १७ पुगेको छ । केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन भइसकेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको त्यसको अन्तिम ड्राप्mट तयार गर्ने काम गरिरहेको छ । अहिले उपलब्ध गराइएको तथ्यांक अनुमानित भए पनि धेरै तलमाथि नहुने उनले बताए । केन्द्रको तथ्यांकअनुसार गत आवको भन्दा चालू आवमा ३ हजार ८ सय ६४ मेट्रिकटन प्याज उत्पादन धेरै हुने देखिएको छ । गत आवमा कुल २० हजार ९ सय ८ हेक्टर जमीनमा प्याज खेती गरिएकोमा २ लाख ९१ हजार ५ सय ३८ मेट्रिकटन उत्पादन भएको थियो । चालू आवमा २० हजार ४ सय २४ हेक्टर जमीनमा खेती गरिएकोमा २ लाख ९५ हजार ४ सय २ मेट्रिकटन उत्पादन भएको छ । उत्पादकत्व पनि बढेर १३ दशमलव ९४ बाट १४ दशमलव ४६ पुग्ने बताइएको छ । नेपालमा आफ्नै आन्तरिक उत्पादनले आलु र प्याज अपुग हुने गरेको छ । वार्षिक रूपमा साढे ११ अर्ब रुपैयाँभन्दा बढीको आलु र प्याज भारतलगायत देशबाट आयात हुने गर्दछ । नेपालमा कुल मागको ५० प्रतिशत आलु बाह्य मुलुकबाट आयात हुन्छ । करीब ९५ प्रतिशत प्याज बह्य मुलुकबाट आयात हुने गरेको बताइएको छ ।

सम्बन्धित सामग्री

तमानखोलामा ‘आलु महोत्सव’

-डम्मर बुढामगर/रासस ढोरपाटन (बागलुङ), २४ भदौ । बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन […]

स्थानीय उद्योगमानै आलु खपत हुन थालेपछि हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित

नवलपुर । स्थानीय उद्योगमा आलु सजिलै खपत हुन थालेपछि नवलपुर हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित भएका छन् । देवचुली नगरपालिका– २ मा रहेको चौधरी उद्योगले कृषकको आलु खेतमै गएर खरिद गरि दिएपछि उनीहरुले आलु खेती गर्न प्रोत्साहन भएका हुन् । नवलपुरको देवचुली नगरपालिका– २ स्थित चौधरी उद्योगले हुप्सेकोटका कृषकको आलु खेतमै गएर खरिद गरिदिए पछि […]

आलु भित्र्याउने चटारोमा किसान

बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउने चटारोमा रहेका छन् । उपल्लो मुख्यबालीको रुपमा रहेको आलु खेतीलाई वर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्रयाउन व्यस्त छन् । भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु लगाउने गरिन्छ । पुष र माघमा लगाएको आलु असारमा खन्ने […]

आलु कसरी बन्यो सर्वप्रिय ?

काठमाडौं । आलु संसारमै सबैभन्दा लोकप्रिय र धेरै उपभाृग हुने खाद्यपदार्थ हो । नेपाली भान्सामा पनि आलुले महत्वपूर्ण हिस्सा ओगट्छ । धेरै तरकारी आलु बिना अधुरो हुन्छन् । अर्को कुरा आलु मन नपराउने मानिस पनि सायदै हुन्छन् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीभन्दा तुलनात्मक रुपमा सस्तो पनि पर्ने भएकाले आलु धेरैको रोजाइमा […]

एउटै वडामा दस करोडको आलु उत्पादन

काठमाडडौं,७ वैशाख । कास्की हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा […]

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।...

खानै हुन्न र आलु ?

‘आलु खाएपछि मोटोपन बढ्छ ।’ ‘मधुमेहमा आलु खानै हुन्न ।’ ‘म त खानपानप्रति एकदम सजग छु, आलु र चामल खाँदिनँ ।’ आलु खान हुन्छ कि हुँदैन ? आलु स्वास्थ्यका लागि लाभदायक छैन ? मान्छेमा द्विविधा छ । जबकि हाम्रो तरकारीमा आलुको हिस्सा अधिक छ । खाजा-नास्ताको रुपमा होस् वा तरकारीमा, आलु सर्वप्रिय मानिन्छ । विश्वकै […]

आलु खन्दै किसान

त्रिशुली, २ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब भन्दाबढीको आलु उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । तस्वीरः रामहरि न्यौपाने÷रासस

आफ्नै आलु लीलामीमा किन्न बाध्य

देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो । भन्सारका कर्मचारीको तर्क थियो, आलु भारतबाट ल्याइएको हो ।तर, त्यसबेला भारतमा भन्दा नेपालमा आलु सस्तो थियो । सुनसरी भन्सार कार्यालयलाई आलुमा लागेको माटो परीक्षण गरी आलु कुन खेतको हो पत्ता लगाउन खिलानन्दले आग्रह गरे । तर, सुनसरी भन्सार कार्यालयले त्यो सम्भव नभएको भन्दै आलु लीलाम गरिदियो । त्यो लीलाम खिलानन्

गोरखामा आलु जोन कार्यक्रम लागू

गोरखामा आलु जोन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईमार्फत गोरखामा चालू आर्थिक वर्षदेखि आलु जोन सुरु भएको हो ।आलु बालीमा आधुनिकीकरण गरी उत्पादन बढाउने उद्देश्यका साथ जिल्लाका तीन पालिकाका १५ वडा समेटेर आलु जोन कार्यक्रम सुरु गरेको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए । “जिल्लामा आलु उत्पादन हुने पकेट […]