आलु–प्याज व्यवसायीको आन्दोलन फिर्ता, आजदेखि कारोबार सहज

काठमाडौं : आन्तरिक उत्पादनमा भ्याट नलगाउने सरकारको प्रष्टीकरणपछि आलु–प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्। यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको छ। तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ। प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए। नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ । व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभ

सम्बन्धित सामग्री

अर्थमन्त्रीसँगको वार्तापछि व्यवसायीको आन्दोलन स्थगन

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेपछि पूर्वका उद्योगी तथा व्यवसायीले आन्दोलन स्थगन गरेका छन्। बुधबार अर्थमन्त्री पौडेलसँगको वार्तापछि पत्रकार सम्मलेन गरी पूर्वका ६ वटा वाणिज्य संघले वार्तामा भएको सहमति कार्यान्वयन हुने भन्दै आन्दोलन फिर्ता लिएको जनाएका हुन्। उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरू एक महिनादेखि महँगो ब्याजदर र चालुपूँजी कर्जा मार्गदर्शनविरुद्ध आन्दोलनमा थिए। नयाँ सरकार गठन भएसँगै अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए।

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो । सहमतिपश्चात् व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित […] The post पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, यस्तो भयो सहमति

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दसैँको मुखमा व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।  सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, तीन बुँदे सहमति

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकाेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे स

सरकारसँग दुई बुँदे सहमतिपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

कास्की । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशले आजदेखि घोषणा गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ । गण्डकी प्रदेश सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ दुई बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सवारी कर र जरिवानामा वृद्धि गरेको भन्दै महासङ्घले आफ्ना मातहतका समितिका करिब […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि उनीहरुले आन्दोलन फिर्ता लिदै आज आइतबारबाट निमियत ढुवानी गर्ने भएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार निगमसँगको वार्ता सकरात्मक निष्कर्षमा आएको छ । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत […]

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चैत १९, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार आयल निगम र पेट्रोलेमिय व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले निगमसँग छलफल भएर एक किसिमको सहमति बनेपछि आन्दोलन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए । छलफलपछि निगमका प्रवक्ता विनितमणि उपाध्याय र राष्ट्रिय पेट्रोलियम संस्थागत समितिका प्रवक्ता ज्ञानेश्वर अर्यालले पनि विज्ञप्ति जारी गर्दै सहमति भएकाे जानकारी गराएका छन् । छलफलपछि निगम र व्यवसायीले  संयुक्त रुपमा जारी गरेको विज्ञप्ति: संयुक्त प्रेस विज्ञप्ति मितिः २०७८/१२/१९ १) आज मिति २०७८/१२/१९ गते शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले मिति २०७८/११/२३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरू विच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं।.६ को एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । २) आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एल।पी। ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भयो । ३) पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि मिति २०७८/१२/२० गते आइतवार बिहान ८ बजेबाट नै सञ्चालन गरिने व्यहोरा जानकारी गराउँदछौं । ४) हाल गर्मीयाम सुरू भई सकेकोले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र खरीद गर्नुहुन एवं अनावश्यक सञ्चिति नगरिदिनु हुन समेत आम उपभोक्तावर्गमा अनुरोध गर्दछौं । धन्यवाद ।

निगमसँगको ४ बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता (सहमतिपत्र)

पेट्रोलियम पदार्थको व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीउद्योगीले नेपाल आयल निगमसँग आज शनिबार ४ बुंदे सहमती गरेपछि आन्दोलन फिर्ता भएको हो।आजै देखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति भएको र भोलि बिहान ८ बजेदेखि बिगतमा झैं पेट्रोलियमको उपलब्धता सहज हुने निगमले जनाएको छ। पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसका व्यवसायीहरुका मागबारे निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच आज भएको वार्ता तथा छलफलमा उनीहरुको मागबारे एक हप्ताभित्र उचित निष्कर्ष निकाल्ने र जेठ १५ सम्म मागसंग जोडिएका बिषय सक्नेबारे सहमती भएको निगमले जनाएको छ।पेट्रोलियम व्यवसायीले राखेको मागबारे एक हप्ताभित्र उचित निष्कर्ष निकाल्ने सहमति जुटेकाले आन्दोलन फिर्ता भएको हो। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। पेट्रोलियम बिक्रेताहरुले पेट्रोलियम पदार्थमा पाउँदै आएको कमिसन स्थगित भएकै मितिबाट लागू हुनेगरी पाउनुपर्ने तथा प्राविधिक नोक्सानी पनि पाउनुपर्ने लगायतका माग राखेका छन्। निगम संचालक समितिले पेट्रोलियम बिक्रेताले पाउँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट स्थगित गरेको थियो।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म व्यवसायीलाई प्रतिशतमा नै कमिसन दिँदै आएको थियो । तर, त्यसपछि निगमले पेट्रोलमा मात्रै प्रति लिटर १५ रुपैयाँ मूल्य बढाइसकेको छ। यता ढुवानी व्यवसायीहरुले ढुवानी भाडा समायोजन हुनुपर्ने तथा स्वचालित ढुवानी भाडा लागू गर्नुपर्ने माग राखेका थिए। डिजेलको मुल्य बढ्दा बढेको मुल्य अनुसार र घट्दा घटेको मुल्य अनुसार ढुवानी भाडा समायोजन गर्नुपर्ने उनीहरुको माग रहेको छ।    बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले आज सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएको रातोपाटीलाई बताए । उनले घोषणा भएको भोलिदेखिको चरणबद्ध आन्दोलन आजैबाट फिर्ता भएको समेत बताए ।निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका माग

ट्याङ्कर व्यवसायीको आन्दोलन फिर्ता

पश्चिमाञ्चल ट्याङ्कर व्यवसायीले घोषणा गरेको आन्दोलन तत्कालको लागि फिर्ता गरेको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै व्यवसायीले यसअघि गर्ने भनिएको आन्दोलन तत्कालको लागि फिर्ता गरेर नियमित काममा फर्किने जनाएको हो ।अध्यक्ष राकेश कुमार कसौधनले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, नेपाल आयल निगम तथा व्यवसायीबीच वार्तामा पटक पटक वार्ता भएपनि सहमति हुन नसकेको जनाएका छन् । तर, सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दोलन तत्कालको