चितवन : भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरले पहिलो जित दर्ता गरेका छन्। आज (आइतबार)भएका खेलमा आर्मीले ललितपुरलाई तथा विराटनगरले वालिङलाई पराजित गरेका हुन्।आजको दोस्रो खेलमा विराटनगरले वालिङलाई ३–१ ले पाखा लगायो। विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले २ तथा अस्मिता चौधरीले १ गोल गरे। वालिङकी सुस्मिता तामाङले एक गोल फर्काईन्।खेलको १३ औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। वालिङका डिफेन्डर र गोलकिपर बिट भए