काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने …