चैतदेखि सरकारी प्रेसमै अन्तःशुल्क स्टिकर छापिने, पासपोर्ट र नोट समेत छाप्ने लक्ष्य

पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ ।  आज उक्त केन्द्रको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुगमन निरीक्षण गर्दै आगामी चैतदेखि अन्तःशुल्क स्टिकर छाप्न निर्देशन दिइन् ।

सम्बन्धित सामग्री

लाइसेन्स अलपत्र पार्ने कम्पनीलाई अन्तःशुल्क स्टिकर छाप्ने ठेक्का

२५ असोज, काठमाडौं । अन्ततः अन्तःशुल्क स्टिकर छपाइको जिम्मा मद्रास सेक्युरिटी प्रिन्टर्सले पाएको छ । सर्वोच्च अदालतले मद्रास सेक्युरिटी प्रिन्टर्सलाई स्टिकर छपाइको जम्मा दिन बाटो खोलिदिएपछि खरिद सम्झौता भएको आन्तरिक राजस्व विभागले जनाएको छ । मद्रास सेक्युसिटी प्रिन्टर्स नेपालमा स्मार्ट लाइसेन्सको प्रणाली निर्माण, कार्ड आपूर्ति, छपाइको जिम्मा लिएको कम्पनी हो । जसले सम्झौताअनुसार समयमै लाइसेन्स […]

भारतीय कम्पनी मद्रासलाई अन्तःशुल्क स्टिकरको ठेक्का दिन अदालतले खोल्यो बाटो

सुरक्षण मुद्रणको ठेक्कामा विवादित कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाउने निश्चित भएको छ । मद्रास अयोग्य रहेको दाबीसहित ठेक्काविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । सोमबार सर्वाेच्चका...

नेपालमै छापिँदै अन्तःशुल्क स्टिकर

आगामी आर्थिक वर्षदेखि अन्तःशुल्क स्टिकर नेपालमै छापिने भएको छ । सुरक्षण मुद्रण केन्द्रको काभे्रस्थित सूचना प्रविधि पार्कमा रहेको मुद्रण भवनबाट अन्तःशुल्क स्टिकर छापिने भएको हो । यसका लागि आवश्यक जनशक्तिको पदपूर्ति प्रक्रियाका अगाडि बढाइएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले जानकारी दिनुभयो ।

अन्तःशुल्क स्टिकर छाप्न जीटूजीको तयारी, हतारले उब्जायो आशंका

५ वैशाख, काठमाडौं । सरकारले विदेशी कम्पनीसँग सरकारी स्तरको समझदारी (जीटूजी) गरेर अन्तःशुल्क स्टिकर छपाइ गर्ने तयारी गरेको छ । पटक-पटक गरिएका टेन्डरहरु विवादित बनेको भन्दै सरकारले जीटूजीमार्फत अन्तःशुल्क स्टिकर छपाइको तयारी गरेको हो । तर, यसैसँग सम्बन्धित एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला हतारमा जीटूजी प्रक्रिया अगाडि बढाउँदा पारदर्शितामा प्रश्न उठेको छ […]

सुरक्षण मुद्रणमा परीक्षण छपाइ, अब स्वदेशमै अन्तःशुल्क स्टिकर छाप्न सकिने

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित, तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ । छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित...

नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोह पक्राउ

१६ भदौ, काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । आन्तरिक राजश्व विभागका अनुसार बुधबार धनगढीबाट नाइके भनिएका हर्केष सिंह र संग्राम साउद पक्राउ परेका हुन् । उनीहरु ठूलो मात्रमा नक्कली अन्तःशुल्क र स्टिकर उत्पादन गरी बिक्री वितरण समेत गर्दै आएको सूचना आउपछि विभागले उनीहरुलाई पक्राउ गरेको हो । […]

अब बियरको बोतलमै अन्तःशुल्क स्टिकर - Naya Patrika

सरकारले बियरको बोतलमा पनि अन्तःशुल्क स्टिकर टाँस्नुपर्ने व्यवस्था गरेको छ । अन्तःशुल्क नियमावली संशोधन गर्दै बियरका प्रत्येक बोतलको बिर्कोमा छुने गरी अन्तःशुल्क स्टिकर टाँस्नुपर्ने व्यस्था गरिएको हो । अन्तःशुल्क नियमावलीको...पूरा पढ्नुहोस् »