अन्ततः अन्तःशुल्क स्टिकर छपाइको जिम्मा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स कम्पनीले पाएको छ । करिब ३ वर्षदेखि रोकिएको अन्तःशुल्क स्टिकर छपाइएको जिम्मा सोमबार आन्तरिक राजस्व विभागले मद्रास कम्पनीलाई दिएको हो ।सोमबार विभाग र मद्रास कम्पनीबीच भएको सम्झौतामा एक वर्ष भित्र साढे ९ अर्ब थान अन्तःशुल्क स्टिकर छपाइ गर्ने सम्झौता भएको विभागका महानिर्देशक रितेश शाक्यले रातोपाटीलाई जानकारी दिए । एक वर्षभित्रै तोकिएको स्टिकर छपाइ गरी सकिने सम्झौता भएपनि कम्पनीसँगको सम्झौता भने २ वर्षका लागि गरिएको शाक्यको भन