ललितपुरको बजेटसभा बहुमत सदस्यको वहिस्कार

ललितपुर महानगरपालिकाका बहुमत सदस्यहरुले वहिस्कार गरेपछि बजेट पेश हुन सकेन । महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका हुन् । नगर कार्यपालिकामा मात्र होइन नगरसभामा पनि मेयर महर्जनको बहुमत छैन । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट बहिस्कार गरेको …

सम्बन्धित सामग्री

जित्नका लागि थप १६ प्रतिशत मत जोहो गर्न ओलीको निर्देशन

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन्। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन्। यसका लागि सक्रिय रुपमा एमाले सरकारले गरेका कामको […]

एमालेलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक : एमाले अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन् । यसका लागि सक्रिय रूपमा एमाले सरकारले गरेका […]

ओलीले भने- १६ प्रतिशत मत थपिए एमालेकाे बहुमत

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् ।  ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन् ...

जिसस ललितपुरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी निर्विरोध निर्वाचित

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको सोमबारको निर्देशनअनुसार ललितपुरमा जिल्ला समन्वय समिति गठनमा गठबन्धन दलहरूबीच तालमेल भएको छ । गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’का सदस्य पदमा तालमेल भएको हो । सोहीअनुसार सबै पदमा उम्मेदवार दर्ता भएको छ ।तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट कुनै पदमा उम्मेदवारी नै परेन । उम्मेदवारी नपरेपछि काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिवसमे

स्पष्ट बहुमत नपुगेपछि कांग्रेस ललितपुरको सभापतिका लागि पुनः मतदान

शनिवार भएको मतदानमा कुनै उम्मेदवारले स्पष्ट बहुमत नपाएपछि नेपाली कांग्रेस ललितपुरको सभापति पदका लागि आइतवार पुनः मतदान हुने भएको छ । शनिवार भएको मतदानमा जितेन्द्रकुमार श्रेष्ठले ४८२, मीनकृष्ण महर्जनले ३३६ र रामकृष्ण चित्रकारले ५०४ मत पाएका थिए । सभापति पदमा निर्वाचित हुन कुल मतदाता संख्याको ५१ प्रतिशत आवश्यक पर्छ । धेरै मत पाएका रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो । दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको छ ।

ललितपुर काँग्रेस अधिवेशनमा नाराबाजी, उदय शमशेरमाथि हातपातको प्रयास

नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो ।  काँग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणामाथि वर्तमान जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो । मतदानका क्रममा प्रचार सामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपात गरेका हुन् । राणा पक्षका कार्यकर्ताहरूले ‘गुण्डागर्दी बन्द गर’ भन्द

बहुमत सदस्यद्वारा ललितपुरको नगरसभा बहिष्कार

सुनील महर्जन, ललितपुर । ललितपुर महानगरपालिकाको नगर सभाको शनिबार बोलाइएको दोस्रो बैठक पनि बहुमत नगर सभा सदस्यले बहिष्कार गरेको कारण बस्न सकेन ।बैठकको गणपूरक संख्या नपुगेको भन्दै मेयर चिरिबाबु महर्जनले बैठक स्थगितभएको घोषणा गर्नुभएको हो ।यसअघि,बिहीबारको नगरसभा पनि बहुमत नगरसभा सदस्यले बहिष्कार गरेका कारण नीति तथा कार्यक्रमबारे छलफल हुन सकेको थिएन । कुलएक सय ३१ जनानगरसभा […]