काठमाडौं : वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानको निधन भएको छ। न्यूरो तथा जेनरल अस्पतालमा उपचाररत् उनको बिहीवार मृत्यु भएको संगीतकर्मी लक्ष्मण शेषले पुष्टि गरे।
'केही समयदेखि नसा सम्बन्धि समस्या थियो उहाँमा। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचार भइरहेको थियो। कोरोना संक्रमण पुष्टि भएको थिएन,' शेषले पहिलोपोस्टसँगको कुुराकानीमा भने, 'परिवारबाट मलाई खबर आयो। अन्त्येष्टि लगायत…