नेपाली आधुनिक संगीत, नेपाली चलचित्रको पार्श्व सङ्गीतमा नेपाल र भारतका विशेष गरेर दार्जिलिङका सङ्गीतकर्मीको बराबर भूमिका छ। नेपाली आधुनिक सङ्गीतमा जुन समयमा रेडियो स्थापना भयो त्यसपछि संगीत क्षेत्रमा कलाकारको उदय भयो। नातिकाजी, शिव शंकर, प्रेमध्वज प्रधान, कोइलीदेवीको युग सुरु भयो। रेडियो नेपालको प्रवाहले हिन्दी संगीतमा नेपाली संगीतको प्रभाव परेको देखिन्छ। अम्बर गुरुङको नेतृत्वमा दार्जिलिङको सङ्गीतले […]
अन्य क्षेत्रझैँ नेपालको साङ्गीतिक इतिहास पनि खासै लामो छैन । २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि मात्र क्रमिक रूपमा नेपाली साङ्गीतिक क्षेत्रले ठोस लय समात्न थालेको पाइन्छ । प्रेमध्वज प्रधान, माणिकरत्नपछि नेपाली साङ्गीतिक दुनियाँमा एक तिलस्मी गायकले प्रवेश गर्नुभयो, जसले नेपाली सुगम सङ्गीतलाई विशिष्ट पहिचान दिलाउनुभयो । आजका दिनमा पनि नेपाली साङ्गीतिक जगत्कै पर्याय बन्नुभएका महान् प्रतिभा हुनुहुन्छ– स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्य ।
समालोचक कृष्णचन्द्रसिंह प्रधानकै शब्दमा नारायणगोपाल नेपाली सङ्गीतका नारायण हुन्, स्वरका गोपाल र गीतका गुरु अर्थात् आचार्य । उच्चकोटीको गायनकलासँगै आफ्नो गमक, स्वाभिमान तथा पृथक् आनीबानीका कारण उहाँ सधैँ चर्चामा रहनुभयो । नारायणगोपालले आफ्नो भौतिक शरीर छा