पोखराका किसानलाई भैँसी खरीद गर्न १७ लाख अनुदान

साउन ११, पोखरा । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ ।  दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत आइतवार १० ओटाभन्दा बढी भैँसी पाल्ने ५० जना किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका थिए । किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रू. ३४ हजार १२० का दरले ५० किसानलाई रू. १७ लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको उनको भनाइ छ । उनले भने, ‘महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।’ अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको बिलका आधारमा अनुदान उपलब्ध गराइएको महानगरले जानकारी दिएको छ । महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ । प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रू. एक करोड भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० ओटासम्म गाईभैँसी पाल्ने र रू. एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी किसानमा वर्गिकृत गरिएको छ । यसैगरी ३० देखि ६० वटासम्म गाईभैँसी पाल्ने र रू. ५० लाखभन्दा बढी लगानी गर्ने किसानलाई व्यावसायिक किसान, १० देखि ३० ओटासम्म गाईभैँसी र रू. ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख किसान, ५ देखि ९ ओटासम्म गाईभैँसी र रू. १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी किसान भनेर वर्गिकरण गरेको छ । कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको सधँै गुनासो रहँदै आएको भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शी हुनेसमेत उल्लेख गरे । महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभइ व्यावसायिक कृषि गर्न आवश्यक रहेको बताइन् । रासस

सम्बन्धित सामग्री

स्रोत नखुलेको १७ लाख रुपैयाँसहित एक जना पक्राउ

जनकपुरधाम – स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित जनकपुरधामबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मंगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका १० प्रादेशिक अस्पताल पछाडि पट्टी प्रहरी चौकी जनकपुरधामबाट खटेको प्रहरीको गस्ती टोलीले शंकाको आधारमा मण्डललाई चेकजाँच गर्दा स्रोत नखुलेको […]

फिल्म 'जारी' ले कमायो सय दिनमा १७ करोड १७ लाख ९५ हजार

चलचित्र विकास बोर्डको अनुसार फिल्मले असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार ग्रस कमाइ गरेको छ।

आमाको नामबाट नागरिकता नपाउँदा १७ लाख अन्योलमा

आमाको नामबाट मात्र आफ्ना सन्तानलाई नागरिकता दिने व्यवस्थाको अभावमा १७ लाख वालवालिकाको भविष्य अन्योलमा रहेको सरोकारवालाले औंल्याएका छन्।...

सांसद बन्न १७ लाख जरिवाना

भैरहवा– रुपन्देहीमा गत स्थानीय तहको निर्वाचनमा पराजित बनेका चारजना उम्मेदवारले १७ लाख जरिवाना बुझाएका छन् । ३० वैशाखमा भएको निर्वाचनमा पालिका अध्यक्ष तथा मेयरको प्रतिस्पर्धामा होमिएका ती उम्मेदवार आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुन जरिवाना रकम बुझाएका हुन् ।  स्थानीय तहको निर्वाचनमा आफूले गरेको खर्चको फाँटवारी परिणाम आएको ३० […]

फनपार्कले बुझायो १७ लाख ३६ हजार कर

फनपार्कले महानगरलाई मनोरञ्जन कर १७ लाख बुझाएको छ । बिहीबार महानगरअन्तर्गत राजस्व विभागमा गएर १७ लाख ३६ हजार मनोरञ्जन कर बुझाएको महानगरले जनाएको छ । ‘फनपार्कका प्रतिनिधिले आएर मनोरञ्जन कर १७ लाख...

यो वर्ष औषतभन्दा धेरै वर्षा हुने, १७ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं : नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका अधिकारी बताउछन्।  यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ।‘लगभग १७ लाख मानिस

विश्वभर १७ लाख संक्रमित थपिँदा करिब आठ हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ६५ हजार ३८७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ७९ लाख नाघेको छ।

चीनले आठ महिनामै बेच्याे १७ लाख विद्युतीय गाडी

काठमाण्डाै – चीनले बितेको आठ महिनामा १७ लाख वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको जनवरीदेखि अगस्टसम्म ६ लाख वटा विद्युतीय गाडी बिक्री गरेको चीनले यो वर्ष त्यसको झण्डै तीन गुणा अर्थात् १७ लाख विद्युतीय गाडी बिक्री गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सीन गो बिनले विद्युतबाट चार्ज गर्नेदेखि हाइड्रोजन इन्धन लगायत नवीकरणीय उर्जाबाट चल्ने गाडीहरुको बिक्री बढेको बताउनुभएको खबरमा उल्लेख छ । उहाँले सरकारले प्रदुषण घटाउनका लागि नवीकरणीय उर्जाको प्रयोग...

पाथीभराको विकासका लागि १७ लाख नगद प्रदान

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको विकासका लागि झापाको दमकस्थित धर्म दर्शन फाउण्डेशन नेपालले १७ लाख रुपैयाँ नगद सहयोग गरेको छ।...

'क्यानडा पठाइदिने' भन्दै १७ लाख ठगेको आरोपमा एक पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।