काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २२ वटा मोटरसाइकल खोजी गरी धनीलाई हस्तान्तरण गरेको छ।शुक्रबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यक्रम गरी १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। यो आर्थिक वर्षको सुरुवातदेखि हालसम्म सवारीसाधन हराएको भनी १ हजार २८९ वटा उजुरी ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए। प्राप्त निवेदनको आधारमा