पछिल्ला वर्षहरूमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन।
म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताए । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उनले भने, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नि
बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप […]
एजेन्सी, ६ बैशाख । जिब्रो मुख्यतया मांसपेशीहरु मिलेर बनेको छ। यो श्लेष्म झिल्लीले ढाकिएको हुन्छ । साना बम्पहरू (प्यापिले)ले जिब्रोको पछाडिको सतहलाई ढाक्छन्। प्यापिलाको बीचमा स्वाद ग्रंथिहरू छन्, जसले तपाईंलाई स्वादको अनुभूति दिन्छ। जिब्रोले तपाईंलाई चपाउन र निल्न मद्दत गर्न खाना घुमाउँछ। जिब्रोले तपाईंलाई शब्दहरू बनाउन मद्दत गर्दछ। जिब्रोको प्रकार्य र रूप मा परिवर्तन को […]
२२ असोज, काठमाडौं । वंशाणुगत रोग धेरै मानिसका लागि ठूलो समस्या बन्दैछ । नेपालमा रोग पहिचान गर्ने प्रयोगशाला र चिकित्सकहरूलाई नै रोगको बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिस उपचार नपाउने समस्यामा छन् । साथै गलत चिकित्सककोमा गएर समय, पैसा र जीवन बर्बादी गर्ने समस्या पनि बढ्दै गएको छ । जनस्वास्थ्यको टाउकोदुखाइ बन्दै गएको वंशाणुगत रोगप्रति राज्यको चासो नहुँदा दीर्घकालीन रूपमा यसले सामाजिक, आर्थिक र मानसिक रूपमा ठूलो असर गर्ने चिकित्सकहरू बताउँछन् ।
काठमाडौँ । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) पछिल्लो समय देखिन थालेको छ । यो रोग लाग्दा बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका बालबालिका भेटिन थालेका छन् । स्पाइनल मस्कुलर एट्रोफी ११ हजार बालबालिकामध्ये १ जनामा भेटिने गरेको अध्ययनले देखाएको छ । यो वंशाणुगत रोग हो । एसएमए रोग कम बालबालिकामा देखिन्छ । तर यसले बालबालिकाको स्वास्थ्यमा विस्तारै विस्तारै गम्भीर समस्या निम्याउँछ ।एसएमए रोग शिशुहरूलाई आमाकै गर्भबाट लाग्न सुरु गर्छ । एसएमए
मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) भनेको बालबालिकामा देखिने काेराेना भाइरससँग सम्बन्धित रोग हो । यो बहुप्रणालीगत अर्थात् दुई वा दुईभन्दा धेरै प्रणालीलाई असर पार्ने रोग हो । एमआईएससी हुँदा शरीरका विभिन्न भागमा समस्या देखिन्छ ।
यो कोरोनासँग सम्बन्धित हुने भएकाले यसलाई सुरुमा ‘पेडियाट्रिक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ पनि भन्ने गरिन्थ्यो । बालबालिकामा कोरोना आफैँमा खतरनाक देखिँदैन । ६० देखि ८० प्रतिशत बालबालिकामा कोरोनाको सामान्य लक्षण नै नदेखिकन ठिक हुन्छ । १५ देखि २० प्रतिश...