मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) भनेको बालबालिकामा देखिने काेराेना भाइरससँग सम्बन्धित रोग हो । यो बहुप्रणालीगत अर्थात् दुई वा दुईभन्दा धेरै प्रणालीलाई असर पार्ने रोग हो । एमआईएससी हुँदा शरीरका विभिन्न भागमा समस्या देखिन्छ ।
यो कोरोनासँग सम्बन्धित हुने भएकाले यसलाई सुरुमा ‘पेडियाट्रिक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ पनि भन्ने गरिन्थ्यो । बालबालिकामा कोरोना आफैँमा खतरनाक देखिँदैन । ६० देखि ८० प्रतिशत बालबालिकामा कोरोनाको सामान्य लक्षण नै नदेखिकन ठिक हुन्छ । १५ देखि २० प्रतिश...