वंशाणुगत रोग कसरी हुन्छ? रोगको पहिचान र निदानमा के-कस्ता समस्या छन्? [भिडियो वार्ता]

वंशाणुगत रोग कसरी हुन्छ? वंशाणुगत वा दुर्लभ रोगको पहिचान र निदानमा के-कस्ता समस्या छन्? वीर अस्पतालमा आइपुग्ने बिरामी निकै ठाउँ धाएर,  लक्षणगत उपचार गराएर आइपुग्ने गर्छन्। बिरामीहरु वीरमा आइपुगेपछि निदान गर्ने सुविधा छ त? स्रोतसाधनको अभावमा बिरामीलाई सेवा दिन नसक्दा कस्तो महशुस हुन्छ?

सम्बन्धित सामग्री

बढ्दो वंशाणुगत रोग : स्वास्थ्य प्रणालीकै टाउको दुखाइ

२२ असोज, काठमाडौं । वंशाणुगत रोग धेरै मानिसका लागि ठूलो समस्या बन्दैछ । नेपालमा रोग पहिचान गर्ने प्रयोगशाला र चिकित्सकहरूलाई नै रोगको बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिस उपचार नपाउने समस्यामा छन् । साथै गलत चिकित्सककोमा गएर समय, पैसा र जीवन बर्बादी गर्ने समस्या पनि बढ्दै गएको छ । जनस्वास्थ्यको टाउकोदुखाइ बन्दै गएको वंशाणुगत रोगप्रति राज्यको चासो नहुँदा दीर्घकालीन रूपमा यसले सामाजिक, आर्थिक र मानसिक रूपमा ठूलो असर गर्ने चिकित्सकहरू बताउँछन् ।