काठमाडौँ – अखिल नेपाल किसान महासंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। महासंघले शनिबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुससहित प्रदर्शन गरेको हो। रासायनिक मलको अभाव भएको, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको र बजारमा महँगी बढेको भन्दै त्यसविरुद्ध प्रदर्शन गरेको महासंघले जनाएको छ। साथै प्रदर्शनमा सहभागीहरुले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कारबाही गर्न पनि माग गरेका छन्।