काठमाडौं : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन कमलेश डिसी र अंग्रेजी विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासमाथि प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोप लागेको छ।उनीहरूले प्रश्नपत्रको गोपनीयता भंग गरेको र परीक्षा परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।अख्तियारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयबाट २०७७ माघ १९ गतेको गोरखापत्रमा प्रकाशित सूचना छलकपटपूर्ण तरिकाले निकालिएक