काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल डिनविहीन बनेको नेपाल खुला विश्वविद्यालयमा डिन नियुक्त गर्न चासो देखाएका छन्। एक वर्षभन्दा बढी समयदेखि विश्वविद्यालय डिनविहीन भएको समाचार थाहाखबर लगायत विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि शिक्षामन्त्री पौडेलले चासो देखाएका हुन्।थाहाखबरले यही असार १६ गते खुला विश्वविद्यालयको बिजोग, एक वर्षदेखि डिनविहीन शीर्षकमा समाचार प्रकाशित गरेको थियो। अहिले शिक्षामन्त्री पौडेलले छिटो डिन नियुक्त गर्न मन्त्रालयमा छलफल थालेका छन्। ‘डिनविह