सिद्धार्थ राजमार्गको लमही-घोराही खण्ड एकतर्फी सञ्चालन, प्यूठानमा अवरोध उस्तै

रुपन्देही । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा सुरुङमार्गको पहिरो हटाएर एकतर्फीरूपमा सवारी आवागमन सुरू गरिएको प्रहरीले जनाएको छ । मंगलबार बिहानैदेखि अवरुद्ध तिनाउ गाउँपालिका वडा नं ३ रामपिथेकस पार्कस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको […]

सम्बन्धित सामग्री

सडक भासिएपछि सिद्धार्थ राजमार्ग ठप्प

पाल्पा । अविरल बर्षासंगै आएको पहिरोले सडक बगाउदा सिद्धार्थ राजमार्ग ठप्प भएको छ । बुटवल तानसेन खण्डको तिनाउ गाउँपालिका—५ हिउँदेखोलामा सडक बगाउने गरी पहिरो खसेपछि राजमार्ग बन्द भएको हो । विहिबार दिउसो सडक भाँसिएपछि माथीबाट पुरेर साँझ साढे ६ बजेतिर एकतर्फी सडक सञ्चालन गरिएको थियो । ठूला सवारी सधानसमेत सञ्चालन गर्न मिल्ने गरी सडकको माथिल्लो […] The post सडक भासिएपछि सिद्धार्थ राजमार्ग ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध

पाल्पा : सिद्धार्थ राजमार्ग पुनस् अवरुद्ध भएको छ।  गएरातिदेखि राजमार्ग  अवरुद्ध भएको हो।तानसेन–बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथिबाट लेदोसहितको पहिरो झरेको र  राजमार्गनै भासिएका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।उनकाअनुसार अहिले राजमार्ग पूर्णरूपमा बन्द छ। मोटरसाइकल समेत चल्न सक्ने अवस्था छैन। बिहिबार दिउँसो साढे ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। वैकल्पिक सडक निर्माण गरिएको थियो। केही

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी  रूपमा सञ्चालनमा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्ध बाबामा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालन आएको छ । एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि  रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठुलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए। प्रहरीले सडक दुईतर्फी रूपमा

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए ।पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।&n

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा(पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर पहिरो हटाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । साना सवारी सधानहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । मोटरसाइकल र साना सवारी साधनहरु सञ्चलनमा […]

एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा : सिद्धार्थ राजमार्ग खुलेको छ। पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि पहिरोले बन्द थियो। बिहीबार दिउँसो करिब ३ बजेदेखि राजमार्ग एकतर्फी सुचारु भएको हो। सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।बिहानदेखिको निरन्तर प्रयासपछि सुचारु भएको हो। राजमार्ग सुचारु भएपछि तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ जान पाएका छन्। स्काभेटरको सहायताले पहिरो पन्छाउने काम गरिएको थियो।लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेका पह

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि  खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै खसेको पहिरो सडक कार्यालयको डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको हो । सडक एकतर्फी रुपमा सूचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए ।तीन दिनदेखि रोकिएका सवारी साधन अहिले आ–आफ्नो  गन्तव्यतर्फ लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं। पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान ६ बजेदेखि स्याङजाको फेदीखोला गाउँपालिकामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा बन्द भएको थियो। अवरुद्ध भएको ५ घन्टापछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो। सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो।

सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन

आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः ०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो । भालु पहाडमा सडक विस्तार गरिएको

भालुपहाड पहिरो अपडेट : सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

स्याङ्जा : स्याङ्जाको भालु पहाडबाट खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ। सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो।गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला-२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो।दुवैतर्फ सवारीसाधन साविक आवतजावत हुन केही समय लाग्ने प्रहरीले जनाएको छ।