विराटनगरका १९३ वटा सहकारी मध्ये १९ सहकारीले आफ्नो कार्यालय नै नखोलेको पाइएको छ । यस्तै कतिपय सहकारीले आफ्नो क्षेत्रभन्दा बाहिर गएर काम गरेको पनि पाइएको महानगरपालिकाकी सहकारी शाखाकी प्रमुख पृथ्वी कुमारी बस्नेतले जानकारी दिइन् । महानगरले गरेको अनुगमनको क्रममा गैर कार्य क्षेत्रमा लगानी गर्ने र सहकारी ऐन अनुसार काम नगर्ने १० वटा सहकारी भेटिएका छन् । उनीहरूलाई शाखाले कारबाहीको दायरामा ल्याएको छ । विराटनगरको एउटा सहकारीले भने आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर नवलपरासीमा पनि काम गरेको भेटिएक