काठमाडौं : पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त हुने चेतावनी दिएका छन्। साथै‚ स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने उनले बताए।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुली स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टम नै नरहने अवस्था आउने पनि चेतावनी दिए। उनले स्थानीय तहको निर्वाचनलाई सार्ने काम गरे