काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने तयारी गरेको छ। मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई प्रमुख डा समिर अधिकारीका अनुसार हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एउटा स्वास्थ्यकर्मीहरुको टोली राख्ने निर्णय भएको बताए।‘हाल सम्म हरेक मतदान केन्द्रमा स्वास्थ्यकर्मीहरुको एउटा टोली राख्ने निर्णय भएको