हेटौँडामा बिहिबार हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा मतदान केन्द्रको व्यवस्था, सुरक्षालगायतका व्यवस्था गरिएको छ । मतदान स्थलमा मतदान केन्द्रको व्यवस्था, स्वास्थ्य सावधानी अपनाएर मतदान गर्ने, मतदान स्थलको सुरक्षालगायतका काममा निर्वाचनमा संलग्न कर्मचारी खटिएका छन् ।