बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनको एकमात्र मतदात केन्द्र हेटौँडा तोकिएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा मतदान केन्द्रको व्यवस्था, सुरक्षालगायतका व्यवस्था गरिएको जनाएको छ । कोरोना (कोभिड–१९) सङ्क्रमणको जोखिमका बीच हुन गइरहेको उपनिर्वाचनमा मतदान स्थल र मतदान केन्द्रमा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मतदान गर्ने व्यवस्था गरिएको जनाइएको छ ।