खोप बढाऔँ, सचेत बनौँ (सम्पादकीय)

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै कोरोना विरुद्धको खोप, औषधि, उपकरण र अक्सिजनको अभावको अवस्था क्रमशः सहज हुँदै गएको छ । कुनै बेला ५० प्रतिशत हाराहारीसम्म पुगेको सङ्क्रमण दर अहिले २० प्रतिशतमा झरेको छ । वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा अहिले केही खुकुलो भएको छ तर पनि महामारी नियन्त्रणमा आइसकेको छैन । कोरोनाविरुद्धको खोपको उपलब्धता बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सरकारको प्राथमिकतामा कोरोनाविरुद्धको ‘खोप, खोप र खोप’ रहेको बताएर नयाँ सरकारको प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कोभ्यास सुविधाअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसनको खोप लगाउने कार्यको सोमबार थालनी र विभिन्न खोप केन्द्रको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले छिटोछरितो र चुस्त बनाई सहज र सुरक्षित ढङ्गले खोप लगाउने वातावरण मिलाउन निर्देशनसमेत दिनुभएको छ । सरकारले आगामी चैतभित्रमा सबै जनतालाई निःशुल्क रूपमा कोरोना विरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता जनाइसकेको छ । आइतबारसम्ममा २९ लाख ९९ हजार २१९ जनाले पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ जनाले दोस्रो मात्रा लगाइसकेको र खोपको उपलब्धता बढेको अवस्थामा भएकाले आगामी दिन केही सहज हुने आशा गर्न सकिन्छ । अनुदान र खरिदबाट ६५ लाख ८२ हजार ८५० मात्रा खोप नेपाल आइसकेको छ । कोभ्याक्सअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसनको १५ लाख ३४ हजार ८५० मात्रा खोप पनि नेपाल आइसकेको छ र एक मात्रा लगाए पुग्ने यो खोप सोमबारदेखि लगाउन सुरु भइसकेको छ । खरिद गरिएको मध्ये चीनबाट ३२ लाख र भारतबाट १० लाख मात्रा आउन बाँकी छ । १८ लाख मात्रा अनुदानमा दिइसकेको चीनले भर्खरै थप १६ लाख मात्रा खोप अनुदानमा दिने जनाएको छ । जापान सरकारले थप १६ लाख मात्रा खोप दिने भएको छ ।

सम्बन्धित सामग्री

शतप्रतिशत जनताको पहुँचमा खोप पुग्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शतप्रतिशत जनतालाई कोभिड–१९ विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरेका छन् । खोप लगाउन प्रेरित गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि र राजनीतिकर्मीको भएको उनले बताए ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित कोभिड–१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उनले अहिले देशभर खोप अभियान चलिरहेकाले यसबारे समुदायलाई सचेत गराउन र सबैको पहुँचमा पुर्याउन लाग्नुपर्ने बताए ।

'बालबालिकालाई छिट्टै खोप दिइन्छ'

खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन्। कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन्।

अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन्।

अमेरिकामा आधा जनसंख्याले मात्र लगाए कोभिड विरुद्धको खोप

अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।  विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् ।पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन् । खोप लगाउनेको सङ्ख्या तीव्र रुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् । अपेक्षित रुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले

जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिमा देखियो यस्तो दूर्लभ सिन्ड्रोम

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडिए) ले गियान बार सिन्ड्रोम (जीबीएस)को खतराबारे जोन्सन एन्ड जोन्स कोभिड खोपलाई नयाँ चेतावनी जारी गरेको छ । यस खोप लगाएका केही व्यक्तिहरुमा  यस्तो न्युरोलोजिकल डिसअर्डर देखिएको भन्दै एफडिएले सचेत गराएको हो ।खोप लगाएका १ करोड करोड २५ लाखमध्ये झन्डै १ सय जनामा यस्तो सिन्ड्रोम देखिएको गुनासो आएको एफडिएले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै एफिएडले भनेको छ, ‘कुल बिरामीमध्ये ९५ जना गम्भिर देखिए र अस्पताल भर्ना गर्नुप¥यो, एकजनाको मृत्यु भएको छ ।&rsquo

दोस्रो पटक संक्रमणमुक्त भएका प्रमोद भन्छन् : खोप लगाए पनि सचेत रहौँ

काठमाडौं : गायक प्रमोद खरेल दोस्रो पटक कोभिड-१९ संक्रमणमुक्त भएका छन्। विहीवार फेसबुकमार्फत् उनले आफ्नो आइसोलेसन अवधि सकिएको जानकारी दिएका हुन्। साथै पहिले संक्रमण भइसकेका र कोरोनाविरुद्धको खोप लगाएकालाई पनि सतर्क रहन आग्रह गरेका छन्। 'कोरोनाले दुई चोटी आक्रमण गर्‍यो,’ उनले लेखेका छन्, ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए। तर…

कोभिडबाट बच्न आँफै सचेत हुनुपर्छ, यसको उपचार छैन : प्रवक्ता डा. गौतम (भिडिओसहित)

काठमाडौं, ४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारले कोभिडविरुद्धको खोप पनि ल्याएको विश्वास दिलाएका छन् । र, समयमै खोप ल्याईने पनि उनले बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोभिड १९ का कारण सम्पन्नभन्दा पनि सम्पन्न देशमा पनि […]

खोप लगाउने ठाउँमै कोरोना सर्ने जोखिम !

७ वैशाख, काठमाडौं । ‘स्वास्थ्यकर्मी पनि भएकाले कोरोनाका विषयमा निकै सचेत छु, तर अहिले आफैं यो भीडमा उभिन विवश छु’, कोरोना भाइरसविरुद्धको खोप लगाउन नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल पुगेकी डा. प्रियंका प्रधानले भनिन् । खोपको दोस्रो डोज लिन अस्पताल परिसर पुग्दा नै उनलाई भिडले झस्काएको थियो । तर, त्यही भिडमा लाइन नलागे खोप लगाउन […]

कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने, “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ ।” यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी ...