अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडिए) ले गियान बार सिन्ड्रोम (जीबीएस)को खतराबारे जोन्सन एन्ड जोन्स कोभिड खोपलाई नयाँ चेतावनी जारी गरेको छ । यस खोप लगाएका केही व्यक्तिहरुमा यस्तो न्युरोलोजिकल डिसअर्डर देखिएको भन्दै एफडिएले सचेत गराएको हो ।खोप लगाएका १ करोड करोड २५ लाखमध्ये झन्डै १ सय जनामा यस्तो सिन्ड्रोम देखिएको गुनासो आएको एफडिएले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै एफिएडले भनेको छ, ‘कुल बिरामीमध्ये ९५ जना गम्भिर देखिए र अस्पताल भर्ना गर्नुप¥यो, एकजनाको मृत्यु भएको छ ।&rsquo