ब्याजदर एकल अंकमा बस्दा व्यवसायको लागत घट्यो

काठमाडौं। कोभिड–१९ महामारीको समयमा पनि नेपालको ब्याजदर एकल अंकमा सीमित हुँदा व्यवसायको लागत घटेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै व्यवसायको लागत घटेको बताएको हो। गभर्नर महाप्रसाद अधिकारीले कोभिडले अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्न सुरु गरिएको पुनःकर्जामार्फत अत्यधिक कर्जा प्रवाह हुँदा ब्याजदर एकल अंकमा बसेको बताए।

सम्बन्धित सामग्री

तरलता सहज भएपछि ट्रेजरी बिल्सको ब्याजदर पनि घट्यो

काठमाडौं । बैंक, वित्तीय संस्थामा तरलता (Liquidity)  सहज भएपछि ट्रेजरी बिल्स (treasury bill) को ब्याजदर पनि घटेको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) ले सोमवार विभिन्न अवधिका गरी कुल २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरीका लागि बोलकबोल आह्वान गरेकोमा बैंक (Bank) हरूले अघिल्लो साताको भन्दा ब्याजदर (Interest Rate) घटाएर खरीद गरेका हुन् ।  राष्ट्र बैंक (NRB)ले सोमवार २८ दिनको ५ अर्ब, ९१ दिनको ७ अर्ब ७० करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । त्यसमध्ये २८ दिने ट्रेजरीमा ८ दशमलव ३३ प्रतिशत, ९१ दिनेमा ९ दशमलव ६३, १८२ दिनेमा ९ दशमलव ६५ र ३६४ दिनेमा ९ दशमलव ५५ प्रतिशत औसत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  अघिल्लो साता २८ दिनको ट्रेजरीमा ८ दशमलव ५४ प्रतिशत, ९१ र १८२ दिनकोमा ९ दशमलव ७९ तथा ३६४ दिनकोमा ९ दशमलव ६४ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । बजारमा तरलताको अवस्था सहज भए पनि कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाएर भए पनि ट्रेजरीमा लगानी गरेका हुन् ।  चालू आर्थिक वर्षका लागि केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति जारी गर्दै नीतिगत दरहरू बढाएपछि बैंकको ब्याजदर महँगो भएको थियो । सोही कारण सरकारले मौद्रिक उपकरणमार्फत उठाउने आन्तरिक ऋणको ब्याज पनि महँगो भएको थियो । पछिल्लो समय तरलताको अवस्था सहज हुनुका साथै ब्याज घटाउने केन्द्रीय बैंकको नीतिका कारण ट्रेजरीलगायत उपकरणको ब्याजदर घट्न थालेको छ ।  व्यवसायीको विरोधसँगै प्रधानमन्त्री र अर्थमन्त्रीको दबाबमा बैंक, वित्तीय संस्थाले वैशाखमा निक्षेप र कर्जाको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले वैशाखदेखि मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा एकल अंक (९ दशमलव ९९ प्रतिशत) कायम गरेका छन्  । ट्रेजरी बिल्स सरकारले १ महीना वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन ट्रेजरी बिल्स विक्री गरिन्छ ।  तरलता अवस्था सहज हुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव २० प्रतिशतमा झरेको छ । यस्तै अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशत छ । तरलता सहज भएपछि बैंकहरूले राष्ट्र बैंकबाट लिने ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटेको छ ।  गत आर्थिक वर्षसम्म सरकारको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । यस्तै चालू आवमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यसमध्ये दोस्रो त्रैमासमा ३० अर्ब र तेस्रो त्रैमासमा ८८ अर्ब ऋण उठाएको छ ।  चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब ७९ करोड ऋण उठाउन बाँकी छ । यसमध्ये ट्रेजरी बिल्सबाट ७५ अर्ब, विकास ऋणपत्र (debenture)बाट ६० अर्ब, विकास ऋणपत्रबाट २ अर्ब ८२ करोड र वैदेशिक रोजगारबाट ९७ करोड उठाउने सरकार (Government)को लक्ष्य छ ।

बैंकको ब्याजदर घट्यो

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ। सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। […]

९ दिनमा १५ अर्ब निक्षेप घट्यो, कर्जा प्रवाह ३ अर्ब मात्रै

९ दिनको अवधिमा वाणिज्य बैंकहरुको १५ अर्ब निक्षेप घटेको छ । कार्तिक १८ गतेदेखि कार्तिक २६ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप १५ अर्बले घटेको हो  ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार कार्तिक १७ गते बैंकहरुको निक्षेप ४२ खर्ब ३८ अर्ब रहेकोमा कार्तिक २६ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप १५ अर्बले घटेर ४२ खर्ब २३ अर्बमा सिमित भएको छ  ।  जस मध्ये विदेशी मुद्राको निक्षेप ३ अर्बले घटेको छ  ।  यस अवधिमा बैंकहरुले थप ३ अर्ब मात्र कर्जा प्रवाह गरेका छन्।  कार्तिक १७ गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब २५ अर्ब रहेकोमा कार्तिक २६ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब २८ अर्ब पुगेको छ ।  निक्षेप बढाउँनको लागि बैंकहरुले मुद्दती खाताको ब्याज बढाएर दोहोरो अंकको डिजिट कायम गरेका थिए । तर राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र बढाउँन निर्देशन दिएपछि अहिले ब्याजदर एकल अंकमा आएको छ। यद्यपि मङ्सिरबाट भने केहि बैंकको ब्याजदर दोहोरो अंकमा पुग्न सक्ने देखिएको छ। कार्तिकको तुलनामा १० प्रतिशत मात्रले ब्याज बढाउँदा पनि केहि बैंकको ब्याज दोहोरो अंकमा पुग्ने देखिएको हो । यद्यपि राष्ट्र बैंकले ब्याजदर निर्धारण विधि बारे नयाँ निर्देशन दिन सक्ने चर्चा पनि बजारमा चलेको छ ।

५ दिनमा वाणिज्य बैंकहरुको ९ अर्ब निक्षेप घट्यो, ७ अर्ब कर्जा प्रवाह

५ दिनको अवधिमा वाणिज्य बैंकहरुको ९ अर्ब निक्षेप घटेको छ । कार्तिक १२ गतेदेखि कार्तिक १७ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ९ अर्बले घटेको हो  ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार कार्तिक १२ गते बैंकहरुको निक्षेप ४२ खर्ब ४७ अर्ब रहेकोमा कार्तिक १७ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप ९ अर्बले घटेर ४२ खर्ब ३८ अर्बमा सिमित भएको छ  ।  जस मध्ये विदेशी मुद्राको निक्षेप १ अर्बले घटेको छ  ।  यस अवधिमा बैंकहरुले थप ७ अर्ब कर्जा प्रवाह गरेका छैनन् ।  कार्तिक १२ गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब १८ अर्ब रहेकोमा कार्तिक १७ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब २५ अर्ब पुगेको छ ।  निक्षेप बढाउँनको लागि बैंकहरुले मुद्दती खाताको ब्याज बढाएर दोहोरो अंकको डिजिट कायम गरेका थिए । तर राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र बढाउँन निर्देशन दिएपछि अहिले ब्याजदर एकल अंकमा आएको छ। यद्यपि मङ्सिरबाट भने केहि बैंकको ब्याजदर दोहोरो अंकमा पुग्न सक्ने देखिएको छ। कार्तिकको तुलनामा १० प्रतिशत मात्रले ब्याज बढाउँदा पनि केहि बैंकको ब्याज दोहोरो अंकमा पुग्ने देखिएको हो ।

५ दिनमा बैंकहरुको २० अर्ब निक्षेप घट्यो, कर्जा प्रवाह शुन्य

५ दिनको अवधिमा वाणिज्य बैंकहरुको २० अर्ब निक्षेप घटेको छ  । कार्तिक १ गतेदेखि कार्तिक ५ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप २० अर्बले घटेको हो  ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज ३१ गते बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब रहेकोमा कार्तिक ५ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप २० अर्बले घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ  ।  जस मध्ये विदेशी मुद्राको निक्षेप मात्रै १६ अर्बले घटेको छ  ।  यस अवधिमा बैंकहरुले थप कर्जा प्रवाह गरेका छैनन् ।  असोज ३१ गते बैंकहरुको कुल कर्जा प्रवाह ३९ खर्ब ९८ अर्ब रहेकोमा कार्तिक ५ गतेसम्मको कर्जा पनि ३९ खर्ब ९८ अर्ब नै रहेको छ  ।  निक्षेप बढाउँनको लागि बैंकहरुले मुद्दती खाताको ब्याज बढाएर दोहोरो अंकको डिजिट कायम गरेका थिए । तर राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र बढाउँन निर्देशन दिएपछि अहिले ब्याजदर एकल अंकमा आएको छ ।

घट्यो ब्याज, बढ्यो बजार

वित्तीय सूचकका सुधारलाई आधार मान्दै वाणिज्य बैङ्कहरूले वैशाखदेखि निक्षेपको ब्याजदर एकल अङ्कमा झार्ने भएका छन् । बुधबार नेपाल बैङ्कर्स सङ्घमा आबद्ध सबै बैङ्कका प्रमुख कार्यकारी अधिकृतको बैठकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९ प्रतिशतमा झार्ने सहमति गरेका हुन् ।