सीएनएन। भारतमा कोरोना महामारीको दोस्रो लहरबीच हालसम्म कम्तीमा २६९ डाक्टरले ज्यान गुमाएको भारतीय मेडिकल एसोसिएसनले जनाएको छ। “पहिलेको लहरमा ७५६ जना डाक्टरले ज्यान गुमाएका थिए, यसपटक भने ज्यान गुमाउनेमा युवा डाक्टरहरू छन्,” एसोसिएसनका अध्यक्ष डा. जेए जयपालले बनाए। एसोसिएसनका अनुसार गत मार्च २०२० देखि १,०२५ डाक्टरले ज्यान गुमाइसकेका छन्। आइतबार मात्र कोभिड-१९ सम्बन्धी कारणले ५० डाक्टरले ज्यान गुमाएका छन्।