काठमाडौंः महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समितिमा उपस्थित हुने पत्र पठाएको छ।
बुधबारको बैठकको निर्णय अनुसार समिति सचिवालयले पत्रचार गरेको हो। भदौ १५ गते बिहान ११ बजे जबरालाई समितिमा बोलाइएको छ।
एमालेको फरक मतका बीच समितिले बुधबार कार्यसूचीमा प्रवेश गर्दै जबरालाई आमन्त्रणको निर्णय गरेको थियो। अनुसन्धान प्रक्रियालाई…