प्रदेश सरकारले लुम्बिनीलाई फूलैफूलको प्रदेश बनाउने लक्ष्य राखेकै बेला कोराना र बेमौसमी झरी बाधक बनेको छ । प्रदेशलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउँदै भारतीय फूलको आयात रोक्ने अभियानका साथ पुष्प खेतीमा लागेका प्रदेशका किसानहरु कोरोना र हालैको बेमौसमी झरीका कारण मारमा परेका छन् ।फूलैफूलको पर्व मानिने तिहारलाई लुम्बिनीका किसानले अवसरका रुपमा लिन सकेनन् । गत वर्ष कोरोनाका कारण थलिएका किसान यो वर्ष फूल खेतीमा हौसिएका थिए । तर, यस वर्ष बेमौसमी झरीले फूल खेतीमा प्रतिकुल असर गर्दा उनीहरु मारमा परेक