कर्णालीको हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन गएकाे हाे । भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णालीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।