बहुप्रतिक्षित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । महङ्गो रकम फिल्मको अष्ट्रेलिया राइट किनिएको हो । राइटको बिषयमा फिल्मको तर्फबाट निर्देशक झरना थापा, ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीबीच आइतबार सम्झौता भएको छ । फिल्मको अष्ट्रेलियामा प्रदर्शन लगायतको सम्पूर्ण ब्यवस्थापन ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी( जिएम) ले गर्नेछ