महानगर र निर्माण व्यवसायीको विवादले भेडाहा तटबन्ध अलपत्र

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका र निर्माण व्यवसायीबीचको विवादका कारण वीरगञ्जमा नदी तटबन्धको काम रोकिएको छ । वीरगञ्जको भेडाहा खोलामा तटबन्धको काम अलपत्र परेको हो । महानगरले ७ महीनादेखि भुक्तानी अड्काएको भन्दै निर्माण कम्पनीले काम रोकेको छ । एक वर्षमा पूरा गर्ने शर्तमा ठेक्का लिएको निर्माण कम्पनीले निर्धारित समय सीमाभित्र करीब २० प्रतिशत मात्र काम सकेको छ । निर्माण कम्पनीले समयमा काम नगरेकाले भुक्तानी रोकिएको महानगरका अधिकारीले बताएका छन् । गत असार २० गते नै पूरा हुनुपर्ने तटबन्धको काम अहिले अवरुद्ध भएको छ । महानगर र रमण विकास एण्ड ब्रदर्स जेभीबीच २०७९ भदौ २ गते तटबन्ध निर्माणका लागि सम्झौता भएको थियो ।  समयसीमाभित्र काम नसकिने स्थितिमा ३ महीनाअगावै म्याद थप्ने वा नथप्ने विषय टुंग्याउनुपर्नेमा महानगर यसमा उदासीन छ । गत असारमै सकिनुपर्ने तटबन्धको ६ महीना बितिसक्दा म्याद पनि थपिएको छैन । निर्माण कम्पनीले ४ करोड रुपैयाँ मोबिलाइजेसन रकम लगिसकेकाले सो रकमबराबरको काम सकेपछि मात्र भुक्तानी दिने अडान महानगरपालिकाले राखेपछि काम रोकिएको हो । महानगरको यस्तो शर्तमा काम अघि बढ्न नसक्ने निर्माण व्यवसायीले बताएपछि महानगरले मंगलवार नगर प्रहरी खटाएर तटबन्धका लागि राखिएका उपकरण कब्जामा लिन खोजेको आरोप निर्माण व्यवसायीले लगाएका छन् । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नगर प्रहरी खटिएका थिए । महानगरले जबर्जस्ती गर्न खोजे पनि आफूहरूले प्रतिवाद गरेपछि महानगर पछि हटेको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि सुशील ठाकुरले बताए ।  निर्माण कम्पनीले काममा लगाएका अन्य व्यवसायीको भुक्तानी बाँकी राखेकोबारे विवाद भएपछि त्यसको समाधानका लागि उपकरण महानगरमा ल्याउन खोजिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।  कुल २४ करोड ६३ लाख ५ हजार ५४७ रुपैयाँको ठेक्कामा तेस्रो र चौथो बिलको साढे २ करोड रुपैयाँ भुक्तानी महानगरले रोकेर राखेको प्रतिनिधि ठाकुरले बताए । महानगरले भुक्तानी नदिएपछि काम अघि बढाउन नसकिएको उनले बताए ।  ‘ठेक्काको ३० प्रतिशत काम भइसकेपछि प्रत्येक बिलमा २० प्रतिशतका दरले मोबिलाइजेशनको रकम समायोजन गर्ने व्यवस्था शर्तमा स्पष्ट लेखिएको छ । तर, महानगरले भुक्तानी रोकेर बलमिच्याइँ गरिरहेको छ,’ उनले भने ।  ठेक्का सम्झौतामा मोबिलाइजेशन काट्ने शर्त भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले स्वीकार गरे । तर, तोकिएको समयमा काम पूरा नगर्ने र महानगरलाई अप्ठ्यारो पार्ने काम भएकाले भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । ‘काम अघि नबढाउने र सम्झौताको शर्त देखाएर महानगरलाई अप्ठेरोमा पार्ने नियत देखियो । यसमा त महानगरले सेफ साइड खोज्ने नै भयो,’ उनले भने । बिल पेश भएको १ महीनाभित्र आयोजना व्यवस्थापकले भुक्तानीको सिफारिस गर्ने र अर्को एक महीनाभित्रै भुक्तानी दिनुपर्ने शर्त ठेक्का सम्झौतामा छ । आयोजना व्यवस्थापकले गत असार २४ गते तेस्रोे बिलको ४९ लाख ३० हजार भुक्तानीको सिफारिश गरेका छन् । भदौ २१ गते २ करोड रुपैयाँको चौथो बिल पेश भएको कागजातमा देखिन्छ । महानगरले चालू आर्थिक वर्षमा आर्थिक समस्या झेलिरहेको र त्यसको प्रभाव अत्यावश्यक भुक्तानीमा देखिएको महानगरका कर्मचारीहरू बताउँछन् । महानगरले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेर करीब १ वर्षजति काममा लगाएको थियो । ७०० भन्दा बढी यस्ता कर्मचारीको तलब सुविधामा मात्रै महानगरलाई करीब १६ करोड रुपैयाँ आर्थिक भार थपिएको थियो । कर्मचारी भर्नामा अख्तियारले चासो राखेपछि महानगरले ती कर्मचारीलाई हटाएको थियो । महानगरले गत पुस ३ गते करारका डेढ सय शिक्षकलाई पनि हटाएको छ । तर, लेखा प्रमुख रामकुमार कुशवाह महानगरको आर्थिक समस्याका कारण निर्माण व्यवसायीको भुक्तानीमा अप्ठेरो नभएको दाबी गर्दछन् । ‘निर्माण व्यवसायीको पैसा दिन समस्या छैन । उहाँहरूले ४ करोड रुपैयाँ मोबिलाइजेशन त लगिसक्नुभएको छ । काम भए भुक्तानी दिन कुनै अप्ठेरो छैन,’ कुशवाहले भने । 

सम्बन्धित सामग्री

बजेट अभावमा प्यारापिट निर्माण अलपत्र

सिमकोट – सिमकोटस्थित खेल मैदान क्षेत्रमा बन्न लागेको प्यारापिट निर्माण अलपत्र परेको छ। प्यारापिट निर्माणका लागि बाँकी बजेटको व्यवस्था हुन नसक्दा निर्माण कार्य अलपत्र परेको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकायाले पाँच वर्षअगाडि निर्माण सुरु भएको खेल मैदान क्षेत्रको प्यारापिट अलपत्र परेको बताइन्। प्यारापिट निर्माणका लागि कर्णाली प्रदेश सरकारले पाँच वर्षअगाडि ९२ लाख रुपैयाँ बजेट […]

दुई जिल्ला जोड्ने पुल निर्माण अलपत्र

दमौली (तनहुँ), १५ मङ्सिर । तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो । पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० […]

बजेट अभावले वधशाला निर्माण अलपत्र

दाङ– बजेट अभावले घोराहीमा वधशाला निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । मासु पसललाई व्यवस्थित गरी एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री गर्ने उद्देश्यले निर्माण सुरु भएको वधशाला अलपत्र परेको हो । आर्थिक २०७६/७७ मा गुरुयोजना बनेर २०७७/७८ बाट निर्माण सुरु भएको वधशाला बजेट अभावका कारण पूरा हुन सकेको छैन । घोराही उपमहानगरपालिका वडा […]

अलपत्र त्रियुगा पुल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण

अलपत्र अवस्थामा रहेको त्रियुगा पुल निर्माण सम्पन्न गर्न उदयपुरका जनप्रतिनिधिले माग गरेका छन्।

‘बेलिब्रिज’ निर्माण अलपत्र

डोल्पा, २१ असार । भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ । पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो । पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण […]

बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र

अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन्। निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ।

नवलपरासी सुस्ता अस्पताल निर्माण अलपत्र

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ । ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार रुपैयाँ पेस्की लिएर सम्पर्कविहिन भएपछि निर्माण अलपत्र भएको हो । सुस्ता गाउँपालिका–२ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन […]

‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण अलपत्र

सरकारले बाँकेमा निर्माण गर्न थालेको ‘नौवस्ता औद्योगिक क्षेत्र’ को पूर्वाधार निर्माण कार्य अलपत्र परेको छ।...

उपत्यकामा अकासेपुल निर्माण योजना अलपत्र

काठमाडौं उपत्यकाका मुख्य सडकका चोकमा अस्थायी किसिमका अकासेपुल निर्माण गर्ने योजना अलपत्र परेको छ । योजना तयार भएका नौवटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । दुईवटामा भने फाउन्डेसनको काम भएको...

भवन निर्माण अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन

गुल्मी : मदाने गाउँपालिका–६ मा निर्माणधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। भारतीय राजदुतावासबाट प्राप्त धाराचौर आधारभुत विद्यालयको १६ कोठे भवन निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको प्रधानाध्यापक विष्णु घिमिरेले बताए।भवन निर्माणका २०७३ मा प्रवेश वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन काठमाडौंले ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ। तर, दुईपटक म्याद थप गर्दा पनि काम पूरा नगर