‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी नवौँ विश्व दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि विभागले सोमवार सो अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धारणा राखेका छन् ।प्रभातफेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा. दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि