धनुषामा हतियार प्रहार गरी पुरुषको हत्या

जनकपुरधाम । धनुषामा एक जना पुरुषको हत्या भएको छ । नगराइन नगरपालिका ५ गंगुलीस्थित हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।  पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय पुरुषमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरीले घाँटी काटिएको छ ।...

सम्बन्धित सामग्री

रौतहटमा युवकको हत्या, श्रीमती प्रहरीको नियन्त्रणमा

रौतहटको देवाही गोनाही नगरपालिकामा घरेलु हतियार प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । देवाही गोनाही नगरपालीका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको बिहीबार राति आफ्नै घरमा हत्या भएको हो । कोठाभित्रको खाटमा साहको शव फेला परेको प्रहरीले जनाएको छ ।

रौतहटमा छिमेकीद्वारा एक ब्यक्तिको हत्या

रौतहट । रौतहटको गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ । घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिनुभयो । मानसिक सन्तुलन ठिक नभएका छिमेकी शेख साविरले कुर्सी तोडफोड गर्न थालेपछि रोक्न खोज्दा हातमा रहेको चक्कु खानलाई प्रहार […]

पाँच जना मिलेर एक पुरुषको हत्या, शव सेफ्टी ट्यांकमा फालिदिए

झापा – झापाको गौरादह नगरपालिका वडा नं. ५ मा पाँच जनाको मिलेमतोमा ४६ वर्षीय मबेशिर हुसेन मियाँको हत्या भएको घटना सार्वजनिक भएको छ। उनीहरूले हुसेनलाई विभिन्न हतियार प्रहार गरी मारेर सेफ्टी ट्यांकभित्र फालेको प्रहरीले जनाएको छ। हुसेनको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती […]

धनुषामा पुरुषको शव फेला, हत्याको आशंका

जनकपुरधाम – धनुषामा एकजना पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। उनले धारिलो […]

जब अनैतिक सम्बन्धमा दरार उत्पन्न भयो…

धनगढी । कैलालीमा विवाहेत्तर सम्बन्धमा आएको दरारका कारण एक महिलाले सुपारी दिएर पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीको गोदावरी नगरपालिका ५ गेटीस्थित छोटु भन्ने शिवचरण रानाको हत्याकी योजनाकार जयन्ती चौधरीलाई बिहीबार सार्वजनिक गरेको छ । शिवचरणको हत्याका लागि जयन्तीले दुई जनालाई सुपारी दिएको खुलेको छ । उनको हत्यामा संलग्न दुई जना फरार छन्, जसको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार ३५ वर्षीय शिवचरण र ३७ वर्षीया जयन्तीबीच अवैध सम्बन्ध थियो । सोही सम्बन्ध बिग्रिएपछि जयन्तीले शिवचरणको हत्या गर्ने योजना बनाएकी थिइन् । फागुन १५ गते बिहान गेटा आँखा अस्पताल नजिक शिवचरणको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो । रानालाई टाउकोमा धारिलो बस्तुले प्रहार गरी हत्यापछि गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा शव पुरिएको प्रहरी अनुसन्धानले देखाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम राणाले घटनाको प्रकृती, मृतक तथा अभियुक्तहरुले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पूर्वको सम्बन्ध, रिसिईबी समेतका तथ्यहरुबाट जयन्तीको योजनामा हत्या भएको बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको बीचमा पहिलेदेखिनै सम्बन्ध रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । जयन्तीको गेटा आँखा अस्पताल अगाडि खोका पसल थियो । त्यसैबेलादेखि उनीहरु नजिकिएका थिए । त्यसक्रममा उनीहरुको अनैतिक सम्बन्ध समेत बाहिरिएपछि स्थानीयको बैठक बसी २ लाख रुपैयाँ लेनदेनमा मिलाएको खुलेको छ । त्यसपछि उनीहरुको बीचमा केही समय सम्बन्ध नभएपनि पुनः उनीहरु नजिकिएका थिए । उनीहरुको बिचमा बेलाबेला झगडा समेत हुने गरेको थियो । एकले अर्काप्रती शंका राख्ने र आर्थिक लेनदेन समेत भएको देखिएको एसपी राणाले बताउनुभयो । शिवचरणले आफू भन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको थाहा पाएपछि जयन्तीले अपमानित भएको र विक्षिप्त भई बदला लिन हत्याको योजना बनाएको जयन्तीले प्रारम्भिक सोधपुछका क्रममा बताएकी छन् । जयन्तीले यसअघि पनि आफैंले हत्या गर्ने योजना बनाएको तर नसकेपछि नाताका दुई व्यक्तिलाई रकम दिएर हत्या गर्न लगाएको खुलेको छ । शिवचरण आफ्नो पसलबाट घर आउने जाने समय, प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्तीले हत्यामा ...