सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक

काठमाडौं। सन् २०२० मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक ८० प्रतिशतले घटेका छन्। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महामारीका कारण गत वर्ष पर्यटकको संख्या ८० प्रतिशतले घटेको हो। सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार पर्यटक आएका थिए। जुन महामारीको समयमा घटेर दुई लाख २३ हजार ८५ मा सीमित भएका हुन्।

सम्बन्धित सामग्री

नेपाल आउने अमेरिकी पर्यटक बढे, भारतीय र चिनियाँ भने घटे

अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ।

रारा आउने पर्यटक चालिस प्रतिशतले घटे

काठमाडौँ,१९ माघ । विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको सङ्ख्या ह्वात्तै घटेको […]

चन्दननाथ मन्दिर आउने पर्यटक ८० प्रतिशतले घटे

कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। हरेक वर्ष बढे पनि चालु आर्थिक वर्ष देखि पर्यटक घट्दै जान थालेका हुन्।...

पर्यटक घटे पनि आम्दानी बढ्यो

नेपालको मात्रै नभएर विश्व पर्यटनको कुरो गर्दा सन् २०२० र २०२१ (२ वर्ष) नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि मात्रै नभएर विश्वभरिका देशका पर्यटन व्यवसायी र सरकारका लागि पनि साह्रै नमीठो अनुभव रह्यो, अनुभव गर्नुपर्‍यो पर्यटन क्षेत्रमा । त्यसो हुनुमा सन् २०१९ को डिसेम्बर अन्तिम ताका नेपालको छिमकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको नोभेल कोरोना भाइरस फैलनु नै मुख्य कारण रह्यो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । नेपाली पर्यटनको संख्याको कुरो गर्दा सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२१ मा १ लाख ४९ हजार ८३३ विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यो भनेको सन् २०२० को तुलनामा ३४ दशमलव ९ कम हो । सन् २०१९ सन् मा ११ लाख ९७ हजार १९१ (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटन आगमनको तथ्यांक हेर्दा सन् २००२ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताबमा उल्लेख भएअनुसार सन् १९६५/६६ सम्ममा नेपालमा जम्मा ९ हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि सन् १९६९/७० को ४ वर्षको अवधिमा ४ डबलभन्दा बढी अर्थात् ३९ हजार ६६० जना विदेशीहरूले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७/०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक १ लाख नाघ्न थालेको देखिन्छ । सन् १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरूले नेपालमा पर्यटकको रूपमा भ्रमण गरेको तथ्यांक देखिन्छ । यसरी हामीले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्यात्मक तथ्यांक हेर्दा सामान्य ढंगले वर्षैपिच्छे बढेको देखिन्छ । तर, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने गरेको दैनिक खर्चको तथ्यांक हेर्दा भने जुन ढंगले बढ्नुपर्ने हो, त्यसअनुसार बढेको देखिँदैन । सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण धेरै कम संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएको भए तापनि यी दुवै वर्ष नेपाल भ्रमण गर्न आएका पर्यटकले गरेको प्रतिव्यक्ति प्रतिदिन दैनिक खर्च भने बढेको देखिएको छ जुन हाम्रा लागि सुखद समाचार हो । सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकबाट सन् २०२० मा समग्रमा २ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गर्न सफल भएको थियो भने सन् २०२१ मा २ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा नेपाल सरकारले पर्यटन क्षेत्रबाट आमदानी गरेको छ । यसरी हेर्दा पर्यटन क्षेत्रबाट भएको यो आम्दानी तुलनात्मक रूपमा हेर्दा सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका पर्यटककले गरेको खर्चको तुलना गर्दा ७५ देखि ७७/८८/८० प्रतिशतले बढी आम्दानी भएको हो भन्ने भनाइ पर्यटन विज्ञहरूको रहेको छ । सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो पर्यटन क्षेत्रबाट । नेपालको मात्रै नभएर विश्वकै पर्यटन उद्योग र पर्यटनसँग सम्बद्ध व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भनेको सन् २०१९ को डिसेम्बर अन्तिम ताका वुहानबाट पैmलन शुरू भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो । यही कारण सन् २०२० मा विश्वभरि पर्यटकको संख्या ८१ प्रतिशतले घटेको थियो । त्यस्तै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या त अझ बढी (लगभग ८३/८४ प्रतिशत) ले घटेको थियो । नेपालले सन् २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । त्यस्तै पर्यटन विभागले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२० नामक किताब’मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५ दशमलव १ दिन जो छ, त्यसलाई पनि बढाएर कम्तीमा १६ दिन कटाउने प्रयास हामीले गर्नुपर्ने देखिन्छ । त्यस्तै, प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ पनि ६५ अमेरिकी डलरबाट ७५ डलर जति पुर्‍याउने प्रयास गर्नुपर्ने देखिन्छ । हाल सबै देशका आम सर्वसाधारणबीच त्राहि माम् त्राहि माम्को अवस्थामा रहेको कोरोनाको महामारी डेल्टा, ओमिक्रोन र नियोकोभले बिदा लिएर वा आफसे आफ अवस्था ठीक भएपछि निश्चय नै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तर बढ्ने आशा गरौं । कसरी हुन्छ हामीले नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या र गुणस्तर बढाउँदै सँगसँगै जान सकिन्छ ? त्यसतर्फ पहल गर्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

३३ प्रतिशतले घटे पर्यटक

हवाई मार्ग हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या घटेको छ ।अध्यागमन विभागले सार्वजनिक गरेको विदेशी पर्यटक आगमनको तथ्याङ्कअनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा त्यस्ता पर्यटकको सङ्ख्या करिब ८० हजारले घटेको हो अर्थात् सन् २०२० को तुलनामा सन् २०२१ मा हवाई मार्गबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या ३३.४ प्रतिशतले घटेको हो ।

सन् २०२१ मा ३४ प्रतिशतले घटे पर्यटक

सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।सन् २०२० को तुलनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ८० हजार कम अर्थात ३४ प्रतिशतले कमी हो । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।कोभिड–१९ का कारण पछिल्लो २ […]

कर्णाली प्रदेशमा खाद्य उत्पादनमा वृद्धि, दुग्धजन्य उत्पादन भने घट्यो

भदौ ३१, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको छ ।  प्रदेशमा खाद्यबालीले ढाकेको भू–क्षेत्र र खाद्य उत्पादनमा वृद्धि भएको पाइएको हो । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/ ७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भू–क्षेत्र २ दशमलव ६९ प्रतिशत बढेको छ भने ६ दशमलव ५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । प्रतिवेदन अनुसार विगतका वर्षको तुलनामा धानबालीको उत्पादन ३ दशमलव ८१ प्रतिशतले बढेको छ । मकै र कोदोबाली १७ दशमलव ४५ प्रतिशतले उत्पादन बढेको छ । प्रदेशमा तरकारी उत्पादन भने घटेको अध्ययनले देखाएको छ । तरकारी उत्पादनमा २ दशमलव २६ प्रतिशतले गिरावट आएको हो । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको पाइएको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, पशुजन्य उत्पादन मासु, माछा र अण्डामा वृद्धि भएको छ । दुग्धजन्य उत्पादन भने घटेको छ । दुग्धजन्य उत्पादनमा शून्य दशमलव ६९ प्रतिशतले कमी आएको हो । कोरोना महामारीबाट सृजित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दुग्धजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले कोरोना महामारीले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको बताए । उनका अनुसार कर्णालीमा पर्यटक आवागमनको संख्या ९४ दशमलव ९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या ६ दशमलव ४३ प्रतिशतले घटे पनि उनले बताए ।  आर्थिक वर्ष २०७६/ ७७ को चैतदेखि २०७८/ ७९ को भदौसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

भ्रमण वर्षअघि नै घटे पर्यटक

२० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्ष (२०१८)को तुलनामा १.७५ प्रतिशले कम हो । अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी थियो । यसरी हेर्दा सन् २०१८ को पर्यटक आगमन हालसम्मको उच्च देखिएको छ ।

घोरेपानी–पुनहिलमा १३ प्रतिशत पर्यटक घटे - Naya Patrika

म्याग्दीको मुख्य पर्यटकीय गन्तव्य घोरेपानी–पुनहिलमा पर्यटक आवागमन घटेको छ । सन् २०१६ भन्दा २०१७ मा १३ प्रतिशतले पर्यटक घटेको प्रहरी पर्यटक कार्यालय घोरेपानीले जनाएको छ । कार्यालयका हवल्दार गमबहादुर नेपालीले सन् २०१७ मा ३९ हजार ६ सय १९ पर्यटक घोरेपानी आएको बताए ।