वर्षा सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक

लमजुङ : पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या घट्न थालेको छ। १० दिनअघिसम्म दैनिक २००को हाराहारीमा आउने गरेको पर्यटकको संख्या यतिबेला ८÷१० जनामा घटेको छ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले वर्षायाम सुरु हुन लागेको र बाटोमा समस्या हुने कारण पर्यटकको संख्या घट्न थालेको बताए। अन्नपूर्ण विश्व पर्यटन बजारका महत्वपूर्ण पदमार्गमध्ये एक मानिन्छ। यहाँ विगतमा दैनिक ५००\६०० को हाराहारीमा पर्यटक आउँथे।