नाडाले एपीएफ अस्पताललाई दियो स्वास्थ्य सामाग्री

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले एपीएफ अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणमा सहयोग गर्ने लक्ष्यसहित अस्पताललाई स्वास्थ्य सामाग्री दिएको हो। अस्पताललाई नाडाले स्लीपर ५० थान, थर्मोसल ब्वाइलेट ५० थान, बेड सिट ५० थान, टावेल ५० थान र मास्क ५ हजार वटा दिएको छ।

सम्बन्धित सामग्री

शिर मेमोरियल अस्पतालमा, रोटरीले दियो स्वास्थ्य सामाग्री

काभ्रे ।  काभ्रेको बनेपामा रहेको जिल्लाकै पुरानो अस्पताल शिरमेमोरियललाई रोटरी क्लब अफ धुलिखेल, बनेपा, बालाजु र सिगाँपुर रोटरीको सहयोगमा आपतकालीन शैयाको सुधारका लागि ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । धुलिखेल रोटरीका पुर्व अध्यक्ष रन्जिब श्रेष्ठले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र अस्पतालका निमित्त कार्यकारी अधिकृत सुन्दर थापालाई उक्त सामाग्री एक कार्यक्रमका […]

भारतले महामारी सुरु भएयता नेपाललाई दियो साढे ७७ करोडको स्वास्थ्य सामाग्री

काठमाडौं। भारतले महामारी सुरु भएयता नेपाललाई ६५ लाख अमेरिकी डलर (७७ करोड ५० लाख रुपैयाँ)को स्वास्थ्य सामाग्री अनुदानमा दिएको छ। नेपाललाई अनुदानमा अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर, खोप लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गरिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। भारतले ११ लाख डोज कोभिशिल्ड खोप अनुदान नेपाललाई उपलब्ध गराएको छ भने आज मात्रै १५० थान आइसीयु बेड उपलब्ध गराएको छ।

फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसीजले दियो स्वास्थ्य सामाग्री

काठमाडौं । काठमाडौं जेसीजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।मिडिया हेल्प फाउन्डेसनमार्फत काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराएको हो । काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जीएलसी अनुप सुनुवार, महासचिव निरोज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयोजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।फाउन्डेसनले फ्रण्टलाइनमा सक्रिय पत्रकारलाई स्वास्थ्य सामाग्री

बुटवल पावर कम्पनिले नगर अस्पताललाई दियो स्वास्थ्य सामाग्री

अमृत अर्याल, स्याङजा । बुटवल पावर कम्पनी (विपिसी) ले गल्याङ नगर अस्पतालका लागि झण्डै ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमका वीच विपिसी आँधिखोला जलविद्युत केन्द्रले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरपालिका प्रमुख भुपराज अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले […]

छाया नेपालले प्रहरीलाई दियो स्वास्थ्य सामाग्री

काठमाडौः छाया नेपाल संस्थाले प्रहरीको लागि आवश्यक कोभिड १९ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। महानगरीय प्रहरी वृत्त जनसेवालाई आवश्यक सामाग्री उपलब्ध गराएको हो। मास्क, अक्सिमिटर, पन्जा लगायतका सामग्री उपलब्ध गराएको हो।

चेम्बरले सरकारी अस्पताललाई दियो स्वास्थ्य सामाग्री

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले छवटा सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अस्पताललाई पीपीई सेट, सर्जिकल मास्क, पञ्जा, भीटामीन सी ट्याब्लेट र सिटामोललगायत सामग्री दिएको हो। नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छेत्रपाटी अस्पताललाई सामग्रीहरू निःशुल्क वितरण गरेको हो।

अमेरिकाले दियो साढे ३६ करोडको स्वास्थ्य सामाग्री

काठमाडौं। अमेरिकाको रक्षा विभागले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ३१ लाख अमेरिकी डलर (करिव ३६ करोड ४८ लाख रुपैयाँ) को स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। अमेरिकाले अक्सिजनसम्बन्धी उपकरणहरु, पीपीई लगायतका सामाग्री उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकी सिनेटको विदेश मामिला सम्बन्धी समितिको बैठकमा बुधबार नेपालले भोगिरहेको कारोना महामारीका विषयमा छलफल भएको थियो।