क्याटर पिलरले दियो ६ अस्पताललाई स्वास्थ्य सामाग्री, अक्सिजन कन्सन्ट्रेटर देखि भेन्टिलेटर सम्म

काठमाडौं। क्याटर पिलर आइएनसीको परोपकारी अंग क्याटर पिलर फाउन्डेसनले नेपालका ६ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको

सम्बन्धित सामग्री

आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।...

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगे पर्यटनमन्त्री अरगरिया

जनकपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया स्वास्थ्य सामग्री लिएर गृहजिल्ला धनुषा आइपुगेका छन्। मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवाहरुले फुलमाला र खादासहित स्वागत गरेका छन्। मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु विहीवार हस्तान्तरण गर्ने कार्यक्रम छ।…

काभ्रेका तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

बनेपा । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको समन्वयमा कोरोना सङ्क्रमणका उपचारमा सम्लग्न तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोगमा धुलिखेल र शिर मेमोरियल अस्पताललाई एक/एक भेन्टिलेटर, दुई/ दुई अक्सिजन कन्सन्ट्रेटर र २०/२० पिपिइ तथा मेथिनकोट अस्पताललाई दुई अक्सिजन कन्सन्ट्रेटर, २० पिपिइ हस्तान्तरण गरिएका भेन्टिलेटर र […]

स्वास्थ्य सामग्रीको गुणस्तर कस्ले हेर्ने ?

सरकारले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री ल्याउदा गुणस्तर परिक्षण नगरेको जानकारहरुको आरोप छ । सामग्री गुणस्तरीय छैन भने बिरामीको ज्यान जान सक्ने भन्दै सहयोग लिने निकाय चनाखो हुनुपर्ने बायोमेडिकल इन्जिनियर हरिराम दवाडी बताउछन् । अनाधिकृत रुपमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेको दवाडीको भनाई छ । मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले पनि नक्कली सामानको बिक्रि बढेको बताए ।

विभिन्न देशहरूबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी

काठमाडौँ । कोभिडले आक्रान्त बनेको नेपालका लागि विभिन्न देशहरूबाट स्वास्थ्य सामाग्रीहरू आउने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्रै विभिन्न आधा दर्जन बढी मुलुकहरूबाट कोभिड उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्रीहरू नेपाल आई पुगेको छ । जसमा स्वीजरल्यान्डबाट ११ लाख एन्टिजेन टेस्ट किट, १० गोटा अक्सिजन कन्सन्ट्रेटर, ४० थान भेन्टिलेटर, एक […]

स्विट्जरल्याण्डले पनि नेपाललाई पठायाे स्वास्थ्य सामग्री

काठमाण्डाै -स्विट्जरल्याण्डले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण भएको छ । स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले कोभिड-१९ सङ्कटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किट्स लगायत स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै स्वीस राजदूत एलिजाबेथले कोरोना महामारीमा आफूहरु नेपालीकै साथमा रहेको बताउनुभयो ।  नेपालको आग्रहमा स्विट्जरल्याण्डले यी स्वास्थ्य सामग्री सहयोग गरेको नेपालमा रहेको स्वीस राजदूतावासले जनाएको छ ।

स्वीट्जरल्याण्ड सरकारले दिएको स्वास्थ्य सामाग्री लिएर चार्टड विमान भोलि आइपुग्ने

काठमाडौं। स्वीट्जरल्याण्ड सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न पठाएको स्वास्थ्य सामाग्री भोलि काठमाडौं आइपुग्ने भएको छ। स्वीट्जरल्यायडले चार्टड विमानमा सामाग्री पठाउने भएको छ। परराष्ट्र मन्त्रालयकाअनुसार स्वीट्जरल्याण्डले भोलि ४० थान भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन टेस्टकिट र एक हजार नासल क्यानुला सहयोगस्वरुप नेपाल पठाउँदै छ।

स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

बार्सिलोना । स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी […]

चीनबाट स्वास्थ्य सामाग्री आज आइपुग्ने

काठमाडौं।चीन सरकारले सहयोगस्वरुप दिएको स्वास्थ्य सामाग्री आज काठमाडौं आइपुग्ने भएको छ। नेपाल एयरलाइन्सले बेइजिङबाट ४०० थान सिलिन्डर र ४०० थान अक्सिजन कन्सन्ट्रेटर लिएर दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने छ। यसअघि, चीनबाट पहिलो चरणमा वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो। चीनले सहयोगस्वरुप नेपाललाई २० हजार सिलिन्डर दिने घोषणा गरेको छ।

चीनबाट आइपुग्यो अक्सिजन सिलिण्डर र भेन्टिलेटर

काठमाडौं : चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ।नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो। चीनले दिने भनेको २० हजार थानमध्ये हाल तयार भएका ४ सय अक्सिजन सिलिन्डर लिएर आएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा कोरोना संक्रमितकाे उपचारमा समस्या हुँदै आएको छ।उनका अनुसार १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर ल