अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न उद्योगी व्यवसायीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको निर्णयविपरीत उद्योगधन्दाहरूले अक्सिजन सिलिन्डरहरू राखेको पाइएको भन्दै फिर्ता गर्न आग्रह गरेको छ ।  बिहीवार मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै त्यस्ता अक्सिजन र अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न वा अस्पतालहरूलाई उपलब्ध गराउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।  मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डरहरू ठूलो मात्रामा खाली रहेको र कतिपय उद्योगधन्दाहरूमा प्रयोग भइरहेको पाइएको बताएको हो ।&nb...