काठमाण्डाै – सरकारले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू फिर्ता दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर उद्योग व्यवसायहरूमा राखिएका सिलिन्डरहरू फिर्ता गर्न आग्रह गर्नुभएको हो ।
कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू सरकारको निर्णय विपरीत उद्योग व्यवसायहरूमा प्रयोग भइरहेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
अनुगमनका क्रम...