वैशाख २०, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिएपछि कायम भएको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको हो ।
साथै मर्जर प्रयोजनको लागि रोक्का राखेको शेयर फुकुवा भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।अव कम्पनीको शेयर मंगलवारदेखि कारोबारमा आउनेछ ।