रातोपाटी ब्रिफिङ : मन्त्री बन्न लबिङ तीव्र, राप्रपा र जसपा कुर्दै प्रचण्ड–ओली

 आज २०७९ पुस १२ गते म‌ंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–राप्रपा र जसपाको निर्णय कुर्दै प्रचण्ड–ओलीनयाँ राजनीतिक समीकरणमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अब शक्ति बाँडफाँडमा केन्द्रित भएको छ । गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रको बैठकमार्फत शक्ति सन्तुलनसहितको भागबण्डामार्फत सरकार विस्तारदेखि प्

सम्बन्धित सामग्री

‘जसपा ओली र प्रचण्डको भातृसंगठन हो र दुइटा मन्त्री लिएर सरक्क सरकारमा जाने ?’

काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद प्रदीप यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले सिंगो मधेसको अवलेहना गरेको आरोप लगाएका छन् । ‘जसपा ओली र प्रचण्डको भातृसंगठन पनि होइन, कारिन्दा पनि होइन । दुइटा मन्त्री लिएर हामी सरकारमा जाँदैनौं । यो कुरा हामीले ओली र […]

जसपा पनि मन्त्री फेर्दै, तीन मन्त्रीलाई बोलायो फिर्ता

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी (जसपा)ले पनि पार्टीका तर्फबाट मन्त्री भएका तीनजनालाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिंदै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । तीन मन्त्रीलाई फिर्ता बोलाएसंगै …

मन्त्री हेरफेर गर्ने जसपा संस्थापन पक्षको तयारी

१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो । अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना […]

जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन […]

जसपा पनि मन्त्री हेरफेरको तयारीमा, यी हुन अवसर पाउने नयाँ अनुहार !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दबाब परेको बताइएको छ। अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा […]

जसपा पनि मन्त्री हेरफेरको तयारीमा

जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको बताइन्छ । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बतायो । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन

मन्त्रालयको भागबण्डा मिलेपछि मन्त्री छान्न जुट्यो जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ । पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुंगो लागेपछि जसपा संसदीय दलको बैठक बसेको हो । आजको संसदीय दलको बैठकबाट मन्त्रीको नाम चयन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ । सो पार्टीका प्रतिनिधिसभा सदस्य प्रमोद साहका अनुसार बैठक भर्खर सुरु भएको छ ।  सरकारमा मन्त्री पठाउने लगायतका विषयमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नपठाउने अडानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ । बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ ।  नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।

जसपा पनि सरकारमा, मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो। यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ।केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...