प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ ।
बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ ।
नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए ।
निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।