मकैको उत्पादन घट्दा किसान मारमा

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-१ सम्मर गाउँका कृषक यसवर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन विनानै वितरणगर्दा उत्पादन राम्रो नभएपछि कृषक मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पटेक क्षेत्र घोषणा गरिएको थियो । गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो […]

सम्बन्धित सामग्री

दूध विक्री घटेपछि रौतहटका किसान मारमा

रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्।रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् भने निजी डेरीले १२ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संस्था रौतहटका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।उत्पादन भएको अन्य दूध स्थानीय बजारमा खपत हुँदै आएको उनले  बताए। उनका अनुसार विगत पाँच महिनादेखि डिडिसीले किसानला

कोशीमा दुध उत्पादन उल्लेख्य बजारीकरण नहुँदा बिक्रीमा समस्या

काठमाडौं । कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् । पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् । कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा […]

खोल्साको कालो सुन अलैँची : मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा

खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा भोजपुरका कृषक मारमा परेका छन् । त्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन । राम्रो आन्दानीको स्रोत हुने भएपछिअलैँची खेतीमा लाग्दै किसान अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन …

सर्लाहीका गोलभेडा किसान मारमा

सर्लाही । गोलभेडाको मूल्य निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेडा भित्रिएपछि यहाँका स्थानीय किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएको हो । किसानले गोलभेडा प्रतिक्रेट १ सय ५० देखि दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ किलो गोलभेडा हुन्छ । गोलभेडा प्रतिकिलो ६ देखि ८ रुपैयाँमा बेच्नुपर्दा […]

गोलभेंडाको उचित मूल्य नपाउँदा सर्लाहीका किसान मारमा

सर्लाही : गोलभेंडाको उचित मूल्य नपाएपछि सर्लाहीका किसान मारमा परेका छन्।केही दिन अघिसम्म यहाँका किसानले गोलभेंडा प्रतिक्रेट एक हजारभन्दा बढीमा बिक्री गरेका थिए। अहिले किसानले गोलभेंडा एक क्रेटको ४५० देखि पाँच सय रुपियाँमा बिक्री गर्न बाध्य भएका छन्।एक क्रेटमा जम्मा २५ किलो हुन्छ। यसरी निरन्तर मूल्य ओरालो लाग्दा गोलभेंडा खेती गरेका किसानको उत्पादन लागत नै नउठ्ने अवस्था आएको किसानको गुनासो गरेका छन्।गोलभेंडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको हरिवन नगरपालिका–३ डाबरीका किसान लेख आले मगरको

बंगुरको पाठापाठी बिक्री नहुँदा किसान मारमा

तेह्रथुम । बंगुरको पाठापाठी बिक्री नहुँदा तेह्रथुमका किसान मारमा परेका छन् । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ४ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला १५ सयमा पनि बिक्री नभएको किसानले बताएका छन् । स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ महिना यता मुल्यमा आएको […]

बंगुरका पाठापाठी नबिक्दा किसान चिन्तित

तेह्रथुम । बंगुरका पाठापाठी बिक्री नभएपछि तेह्रथुमका बंगुरपालक किसान समस्या परेका छन् । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानहरु आफूले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्या परेका हुन् । गत वर्ष ४ हजार सम्ममा बिक्री हुँदै आएको बंगुरको पाठा अहिले १५ सयमा पनि बिक्री नहुँदा मारमा पर्दै आएको किसान माया लिम्बुले बताउनुभयो । किसानहरुले एक […]

अक्षम ठेकेदारलाई राजनीतिक संरक्षण, मारमा किसान

२४ असार, काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–४, शान्तिपुरका ३६ जना किसान आवद्ध शान्तिपुर बहुउद्देश्यीय कृषि फार्मले गत सिजनमा तोरी, गहुँ र मकैका लागि मल पाएन । यसले गर्दा हिउँदे उत्पादन ४० प्रतिशत घटेको फार्मका एक सदस्य बुद्धिरत्न चालिसे बताउँछन् । ‘हाम्रो फार्मले ४५ बिघा जमिन एकीकृत गरेर खेती गर्दै आएको छ’ उनले अनलाइनखबरसँग फोनमा भने, […]

बिचौलियाको मारमा किसान

गुल्मीमा बिचौलियाका कारण किसान निरन्तर मारमा परिरहेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घाका आलु उत्पादक किसान बिचौलियाको मारमा परेका हुन् ।आफूले उत्पादन गरेको आलुको मूल्य आफैले तोक्न नपाउने किसान राधिका गिरीले गुनासो गरिन् । “हामीले मूल्य तोकेमा पैंचो पसलले आलु खरिद गर्दैन्” उनले भनिन्, “आफूलाई जति मन लाग्छ, पैंचोले त्यति तोकेर लैजाने […]

चरन अभावले मौरीपालक किसान मारमा

चितवन । चितवनमा मौरीको चरन क्षेत्र खुम्चिँदा मौरीपालक किसान मारमा परेका छन् । मौरीपालनमा किसानको आकर्षण बढे पनि मौरी चरनका लागि लागि चिउरी, तोरी, रुधिलो लगायत बोटविरुवा पाइने क्षेत्र घट्दा अन्य जिल्लामा मौरी लगेर चराउनुपर्ने बाध्यता छ । भरतपुर महानगरपालिका–९ का मौरीपालक किसान विष्णु भुसालले केही वर्ष अघिदेखि दाङ, प्यूठान, सर्लाही, महोत्तरी लगायत जिल्लामा लगेर मौरी चराउँदै आएका छन् । ‘चितवनमा प्रशस्त चरन क्षेत्र छैन, अहिले डेढ सय गोला लिएर दाङ आएको छु,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा केही सुधार हुने अपेक्षा गरिए तापनि चरन क्षेत्रको अभावले सास्ती खेप्नुपरेको उनले बताए । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान कोटेर तोरी लगाउने बेला भएकाले चरनको समस्या भएको उनको भनाइ छ । रत्ननगर नगरपालिका–१५ का मौरी किसान रोशन पण्डित चरनकै अभावले महको उत्पादन पनि घट्ने बताउँछन् । ‘मौरीपालक किसान र गोलाको संख्या बढेको छ । तर चरन क्षेत्र वर्षेनि घट्दो छ,’ उनले भने । चितवनको मौसमको भर नहुने र नियमित  हावा पानी आउने  भएकाले मौरी चरनमा समस्या हुने गरेको उनले बताए । अहिले चितवनको मौसम राम्रो नभएको, तर दाङतिर यो समयमा चिउरी र तोरी राम्रैसँग फुलेकाले चराउन लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पछिल्लो समय चितवन, प्यूठान, रोल्पा लगायतका किसानले दाङमा मौरी चराउन ल्याएकाले चरन क्षेत्रमा चाप परेको घोराही नगरपालिका–४ का किसान गोपीचन्द्र न्यौपानेले बताए । ‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ,’ उनले भने, ‘मौरीको गोला धेरै भएकाले चरन अभाव भयो ।’ कतिपय फलफूल तथा अन्नबालीमा विषादीको प्रयोग गरिएकाले पनि मह उत्पादनमा ह्रास हुँदै गएको उनको भनाइ छ । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा अहिले मौसम अनुकूल भएकाले गतवर्षभन्दा मह उत्पादन बढ्ने अनुमान गरिएको बताउँछन् । ‘अहिले तराईका जिल्लामा चिउरी चाँडै फुल्न थालेको छ,’ उनले भने, ‘यस वर्ष मह उत्पादन २० प्रतिशतले बढ्ने संकेत देखिएको छ ।’ मौरीपालक किसान बढे पनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र विषादीको अव्यवस्थित प्रयोगका कारण मह उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको उनको भनाई छ । शर्माका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर ३५ सय मेट्रिकटन मह उत्पादन भएको थियो । तर पछिल्ला वर्ष यो परिमाण घटेर वार्षिक १ हजार ५०० मेट्रिक टनमा खुम्चिएको थियो । यस वर्ष ३ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । चितवनमा हाल व्यावसायिक किसान साढे ५०० हाराहारीमा छन् । जिल्लाभर ३५ हजार मौरीका गोला छन् । महासंघका अनुसार देशभर ११ हजार मौरीपालक किसान छन् भने १ लाखभन्दा बढी घारबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा विशेषगरी मेलिफेरा र सेरेना जातको मौरी पालन गरिन्छ ।द