जी२० मुलुक मिलेर क्रिप्टोकरेन्सी नियमन गर्दै, अक्टोबरमा कानून आउने
विश्वका प्रमुख अर्थतन्त्रहरुको समूह जी२० सम्बन्धी फाइनान्सियल स्टेबिलिटी बोर्ड (एफएस्बी) ले क्रिप्टोकरेन्सीका लागि मजबुत विश्वव्यापी कानून ल्याउने घोषणा गरेको छ ।
संसारभर क्रिप्टोकरेन्सीको प्रयोग फैलिइराखेको अवस्थामा यसबारे यथाशीघ्र सोचविचार गरी समाज सुहाउादो कानुन बनाई, नेपाल राष्ट्र बैंक वा अन्य कुनै विशेष निकायलाई क्रिप्टोकरेन्सीको नियमन गर्ने गरी अधिकार प्रत्यायोजन गर्न दिनु अपरिहार्य रहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्ने बताएका छन् । चालु आर्थिक वर्ष २०७८/८९ को अर्ध वार्षिक समीक्षा गर्दै मन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिबाट भइरहेका नेटवर्क मार्केटिङ व्यवसाय नियमन गर्ने बताएका हुन् ।
क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसाय जस्ता अवैध कारोबार अर्थतन्त्रमा थप चुनौती...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा गर्दै अर्थमन्त्री शर्माले यस्ता अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थप्ने भएकाले नियमन गरिने बताएका हुन् । ‘नयाँ प्रविधिको विकास आफैँमा मानव जातिको लागि महत्त्वपूर्ण उपलब्धि हो, त्यसका नकारात्मक पक्ष पनि छन्,’ शर्माले भने,’हाइपर फन्ड, […]
नेपालमा अझै पुँजी खाता परिवत्र्यता भइसकेको छैन भने अर्काेतिर अन्य रेमिट्यान्स निरन्तर भित्रिन्छ वा भित्रिदैँन भन्ने टुंगो छैन । कुनै पनि देशको मुद्रालाई त्यस देशको केन्द्रीय बैंकले नस्वीकारेसम्म के कति कर लगाउने भन्ने निश्चित हुँदैन ।
मंसिर ९, नयाँदिल्ली । भारतले डिजिटल मुद्रा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी नियमनको लागि कानून जारी गर्ने तयारी शुरु गरेको छ ।
त्यहाँको सरकारले केहि सातापछि शुरु हुने विधानसभामा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी नियमनको लागि तयार पारिएको कानूनको विधेयक पेश गर्ने तयारी गरेको छ ।
यो कानून लागू भएसँगै भारतमा सबै क्रिप्टोकरेन्सी अवैध हुनेछन् । तर, प्रविधि विकासको लागि भने क्रिप्टोकरेन्सी सम्बन्धी अध्ययन गर्न दिइने प्रावधान प्रस्तावित कानूनमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
‘क्रिप्टोकरेन्सी र आधिकारिक डिजिटल करेन्सी नियमन विधेयक २०२१’ नाम दिइएको प्रस्तावित मस्यौदामा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने प्रावधान राखे पनि रिजर्भ बैंक अफ इन्डियाले जारी गर्ने डिजिटल करेन्सीलाई भने सहजीकरण गर्ने उल्लेख छ ।
सरकार त्यहाँको तल्लो सदनमा क्रिप्टोकरेन्सी र आधिकारिक डिजिटल मुद्रा नियमन विधेयक ल्याउँदैछ । यसले बिट्क्वाइन लगायत सबै निजी क्रिप्टोकरेन्सीहरुमाथि प्रतिबन्ध लगाउनेछ र आधिकारिक क्रिप्टोकरेन्सी सृजनाको ढाँचा बनाउन सहज पार्नेछ । आधिकारिक डिजिटल मुद्रा भने केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ (आरबीआई) ले जारी गर्नेछ ।
भारतका राजस्व सचिव तरुण बजाजलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले क्रिप्टोकरेन्सीलाई पनि करको दायरामा ल्याउने गरी सरकारले कर नीति संशोधन गर्ने तयारी थालेको बताएका छन् ।
सन् २०१८ मा भारतको मौद्रिक नीति नियामकले क्रिप्टोकरेन्सीको कारोबारमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो । तर सन् २०२० को मार्चमा सर्वोच्च अदालतले यसलाई उल्ट्यायो ।
एजेन्सी
काठमाण्डाै - भारतले क्रिप्टोकरेन्सी अर्थात भर्चुअल मुद्रालाई नियमन गर्ने भएको छ ।
भारतले यसबारेमा नयाँ कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ । भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ ।
भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेशलगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो सङ्ख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।
केन्द्रीय बैंक...
भदौ ३, टोकियो (जापान) । ह्याकरहरूले जापानी क्रिप्टोकरेन्सी एक्सचेञ्ज लिक्विडमाथि साइबर हमला गरेका छन् ।
बिहीवार हयाकरहरूले ९ करोड ७० लाख डलरभन्दा बढी मूल्यका क्रिप्टोकरेन्सी चोरेको एक्सचेञ्जले बताएको छ । एक्सचेञ्जको आफ्नै करेन्सी वालेट पनि ह्याक भएको छ । ह्याकरहरूले चार ओटा फरक फरक वालेटमा रकम स्थानान्तरण गरेका थिए ।
यसबारे आफूहरुले अनुसन्धान गरिरहेको र नियमित अपडेट दिइरहने एक ट्विटमा लिक्विडले भनेको छ । निक्षेप र रकम झिक्न पनि रोक लगाइएको छ । क्षतिको आकारबारे भने लिक्विडले जानकारी दिएको छैन ।
यसको जापानको वित्तीय सेवा एजेन्सीले नियमन गरिरहेको बताइएको छ । ह्याकरहरूले करीब ९ करोड ७० लाख डलर मूल्यका क्रिप्टोरेन्सी चोरेको आफ्नो विश्लेषणले देखाएको ब्लकचेन विश्लेषणकर्ता कम्पनी इलिप्टिकले भनेको छ ।
चोरिएको क्रिप्टोकरेन्सी डिसेन्ट्रलाइजेशन एक्सचेञ्जमार्फत इथेरियममा रुपान्तरण गरिएको छ । यस्तो गर्दा मुद्रा रोक्का हुने अवस्था ह्याकरहरुले टार्न सक्ने इलिप्टिकले एक ब्लगपोष्टमा भनेको छ । दैनिक कारोबार रकमको आधारमा लिक्विड विश्वको शीर्ष २० एक्सचेञ्जमध्ये पर्दछ ।
विगत २४ घन्टाको कारोबारमा यसले १३ करोड ३० लाख डलरभन्दा धेरै मूल्यको कारोबार गरेको क्वाइनमार्केटक्यापको डेटाले देखाएको छ । डेढ हप्ताभित्र भएको यो दोस्रो ठूलो क्रिप्टोकरेन्सी चोरी हो । अगष्ट १० मा ह्याकरहरुले डिसेन्ट्रलाइजेशन वित्त कम्पनी पोली नेटवर्कको ६० करोड डलरभन्दा बढी मूल्यका डिजिटल टोकन चोरेका थिए ।
यस घटनामा चोरी भएका अधिकांश रकम फिर्ता गरिएको भएपनि २० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी भने हयाकरहरुले पासवर्ड हाल्नु पर्ने खातामा बन्द भएर बसेको छ । एजेन्सी