मनाङमा सबैभन्दा कम उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सवैभन्दा कम तीनजना उम्मेदवार छन् । एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन् । यो जिल्लामा एमालेका पाल्देन र कांग्रेसका टेक बहादुरबीच मुख्य प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले  सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ । मनाङमा कुल ६ हजार सात सय ७९ मतदाता छन्।०७

सम्बन्धित सामग्री

डोटीमा सबैभन्दा धेरै मत बदर, सबैभन्दा कम मनाङमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै ९ प्रतिशत मत बदर भएको छ  । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् शून्य दशमलव ३९ प्रतिशत मत बदर भएको छ  । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ ७.८२ प्रतिशत मत बदर भएको डोटीमा समानुपातिकतर्फ नौ प्रतिशत बदर भएको हो । मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ […]

मनाङमा ७१.४७ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशभित्र सबैभन्दा बढी हिमालपारिको जिल्ला मनाङमा मत खसेको जिल्ला निर्वाचन अधिकारीले बताएका छन ।...

हुम्ला र मनाङमा तीन–तीन जना उम्मेदवार, सबैभन्दा धेरै काठमाडौं–१ मा

आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कम उम्मेदवार हुम्ला र मनाङमा छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ताको समय सकिँदा हुम्ला र मनाङमा तीन–तीन जनाको उम्मेदवारी कायम भएको छ ।आयोगले बुधबार साँझ ७ बजेसम्म आफ्नो प्रणालीमा प्रविष्ट भएको आधारमा यो तथ्याङ्क उपलब्ध गराएको हो । यसैगरी मुस्ताङमा ४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार काठमाडौं–१ मा छन् । यो क्षेत्रमा जम्मा ३२ जना उम्मेदवार छन् । यस्तै, मोरङ–३ मा ३१ जना, धनुषा–३ मा

सबैभन्दा बढी मतदाता मोरङमा, ७,३५,५२५, सबैभन्दा कम मनाङमा

आगामी मंसिर ४ मा हुने निर्वाचनमा सवैभन्दा बढी मतदाता प्रदेश १ को मोरङ र कम मतदाता रहेको जिल्ला गण्डकी प्रदेशको मनाङ  रहेको छ ।  निर्वाचन आयोगले अन्तिम मतदाता नामावली शुक्रबार प्रकाशन गर्दै ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको जिल्ला मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेको जनाएको हो भने मनाङमा सवैभन्दा कम ६ हजार ७७९ जना मतदाता रहेका छन् ।मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ काठमाडौमा रहेका छन् । त्यस्तै कम मतदाता हुनेमा मनाङपछि मुस्ताङ १० हजार ९५७ र डोल्पा

मनाङमा निर्वाचित अध्यक्षले लिए शपथ

सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो । दुई पालिकामा नेकपा (एमाले) तथा दुई पालिकामा नेपाली कांगे्रसले जित हासिल गरेका हुन् । एमालेबाट निर्वाचित चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले र मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले …

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल

१३ वैशाख, मनाङ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मनाङमा महिला उम्‍मेदवार पाउनै मुस्किल भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेको छैन । जिल्लामा सबैभन्दा बढी मतदाता महिला नै भए पनि उम्मेदवार बन्न भने चाहने महिला भने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै […]

सबैभन्दा राम्रो बैंकिङ पहुँच मनाङमा

काठमाडौं, फागुन ८ । हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ । २०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ […]

सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम

काठमाडौं : नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको देखाएको छ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६४५ जना रहेका छन्। धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ जिल्लामा रहेका छन्। कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस

एमालेका संगठित सदस्य कैलालीमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ । बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा कैलालीमा सबैभन्दा बढी २२ हजार ६४३ र हिमाली जिल्ला मनाङमा १७९ मात्र एमालेको संगठित सदस्य रहेको पाइएको हो । बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा […]

गण्डकी प्रदेशमा संक्रमितको संख्या ८५ हजार, सबैभन्दा कम मनाङमा

काठमाडौं, ९ असार । गण्डकी प्रदेशका ११ जिल्लामा कोरोना भाइरसका संक्रमित रहेका छन् । सबैभन्दा धेरै कास्कीमा २१ हजार बढी र सबैभन्दा थोरै मनाङमा ६७ जना संक्रमितको संख्या रहेको छ । सबैभन्दा धेरै कास्की जिल्लामा २१ हजार ९९० जना संक्रमितको संख्या रहेको छ । संक्रमित मध्ये १२ हजार ६५७ जना पुरुष र ९ हजार ३३३ […]